Author: Dipak Dhamala

काठमाण्डाै – आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै पोहोरदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदै छन् । ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्छन् । दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको मर्यादित जीवन एवम् सहज जीवनयापनका…

Read More

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आज काठमाण्डौ नाइट्स र फार वेष्ट युनाइटेड तथा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । काठमाण्डौ र फार वेष्टको खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुने छ भने कीर्तिपुर मैदानमै जनकपुर र विराटनगरको खेल दिउँसो १ बजे हुनेछ । काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने यसअघिको खेल हारेको फार वेष्ट पहिलो जितको खोजीमा हुनेछ । यस्तै, जनकपुर पनि आज दोस्रो जित निकाल्न चाहन्छ । विराटनगरले यसअघिको खेल हारेको थियो । हिजो भएको खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स विजयी भएका थिए ।

Read More

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ । दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । एमाले, माओवादी लगायतका दलको आन्तरिक बैठक पनि बस्दैछ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिनुभएको थियो । यसपटक पनि उहाँले अर्थमन्त्री पाउने सम्भावना छ ।

Read More

काठमाण्डाै – केन्द्रसँगै प्रदेशहरुमा पनि नयाँ गठबन्धनकै सरकार बन्ने देखिएको छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद समेत गरी १६९ सांसदको नयाँ गठबन्धन बनेको छ। नयाँ गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । केन्द्रमा मन्त्रिपरिषद् विस्तारसँगै प्रदेशहरुमा सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ । सबै प्रदेशमा एमाले नेतृत्वको गठबन्धनको बहुमत छ । प्रदेश १ मा ९३ सांसद रहेकोमा बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्नेमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद छन् । यस्तै…

Read More

काठमाण्डाै – चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिए । विकास निर्माणको काम नहुँदा इन्धन खपतमा…

Read More

काठमाण्डाै – कर्णालीका प्रदेशसभा  शपथ आज हुने भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोद कुमार शाहले शपथ खुवाउने छन् । प्रदशसभा सदस्यहरुको शपथ आज दिउँसो ३ बजे हुने छ । त्यहाँभन्दा पहिला बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने छ । शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवहाक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहण गर्छन् । प्रदेशसभा सदस्यले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण–पत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम् हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजेनै प्रदेश सभाको…

Read More

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेकाे चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज साेमवार पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ । नवनियुक्त प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत् बधाई दिनुभएको हो। दुवै राजदूतले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य…

Read More

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Read More

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।  राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ ।  यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेपछि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

Read More

डाेटी – राष्ट्रिय प्रसारणको विद्युत् सेवा विस्तार नभएका कारण डोटीको बडिकेदार गाउँपालिकाले वर्षौँदेखि सोलार बत्तीको भरमा कामकाज गर्दै आएको छ । पानी पर्दा वा बादल लागेको दिनमा सोलार बत्तीले काम नगर्दा समस्या हुने गरेको गाउँपालिकामा कार्यरत कर्मचारीको गुनासो छ । बडिकेदार गाउँपालिकाको वडा नम्बर–१ वीपीनगर कापडी गाडमा विद्युतगृह निर्माण गरिएको भए पनि अहिलेसम्म पालिकाका सबै वडामा विद्युत् विस्तार हुन सकेको छैन । गाउँपालिकाको केन्द्रमा समेत विद्युत् पुग्न नसकेका कारण पालिकाको कामकाजमा समस्या हुँदै आएको छ । पालिका सरकार स्थापना भएको ६ वर्ष भइसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । विद्युत् सेवा नहुँदा फलफूलसँगै तरकारीको भण्डारणका लागि तयार गरिएका शीतभण्डार उपयोग हुन…

Read More