Author: Dipak Dhamala

‘एमाले गण्डकी प्रदेश सभाको समानुपातिक सूची हामीले सुरुबाटै प्रश्न गरेका थियाैं । लाखौं मतदाताको तर्फबाट अनेरास्ववियु गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी बाट प्रश्न गर्न चाहन्छु । प्रदेश समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनाइएका प्रकाश केसी को हुन ? जसको कारण एमालेले आफ्ना नेता साइड लागे ।  स्वार्थको भन्डाफोर भएको छ । चुप लागेर बसिँदैन ।’सोमबार अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले सामाजिक सञ्जालमा पोखेको असन्तुष्टि हो । पौडेलले गण्डकीमा समानुपातिक सांसद चयन गर्दा शक्ति र पहुँचका आधारमा छनोट गरेको भन्दै विरोध गरेका हुन् ।  पौडेलले मात्र हैन, एमाले कार्यकर्ताहरु पनि केसीको सिफारिसमा खुलेरै चर्को असन्तुष्टि पोखेका छन् । उनीहरुले नेतालाई भेटेर र…

Read More

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (मंगलवार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ । दुई पटकको विश्व विजेत बनेको अर्जेन्टिना तेस्रो उपाधि नजिक पुग्ने योजनामा हुनेछ…

Read More

काठमाडौं – सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत)का नेत्रविक्रम चन्द (विप्लप) र जनमत पार्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरेर अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिन् भने यसले कानुनी रूप धारण गर्नेछ र राजनीतिक घटनासँग जोडिएका ‘फौजदारी अभियोग’ प्रमाणित भएका सबैले छुट पाउने सक्नेछन् । तर, राष्ट्रपति भण्डारीले भने ‘सो अध्यादेश जारी गर्छिन् कि गर्दिनन् ?’ भन्ने अन्योल छ । सरकारभित्रकै दलबाटै विवादित अध्यादेश विषयमा असन्तुष्टि छ । यसअघि पनि विवादमा परेपछि नागरिकतासम्बन्धी अध्यादेश प्रमाणित नगरेको नजिर छ । नयाँ सरकार गठन तयारी चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा…

Read More

काठमाडौँ – काठमाडौँको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्यो । त्यसैगरी गत कात्तिक २४ गते पनि मेलम्चीको पाइप परीक्षणको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा सडक जलमग्न भई सवारीसाधन आवागमनमा समेत समस्या भएको थियो । विद्युतको तार भूमिगत गर्ने क्रममा तीनकुनेको पाइप फुटेको पाइएको थियो ।  सोमबार लैनचौरमा पनि नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा नै पाइप फुटेको हुनसक्ने मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयको अनुमान छ । सो क्षेत्रको पाइप फुटेकोबारे निर्देशनालयले अध्ययन गरिरहेको जनाएको छ । लैनचौर र…

Read More

काठमाण्डाै – महानगर दिवसको अवसरमा आज दशरथ रङ्गशालामा काठमाण्डाै महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियाेगिता भएकाे छ । रङ्गशालामा  प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीच मैत्रीपूर्ण फुटबल खेल भएकाे हाे ।  काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीकाे नेतृत्वमा खेल भएको थियो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरुकाे सहभागिता थियाे । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र शाह खेलको दाेस्राे हाल्फपछि मात्रै मैदानमा छिर्नुभएकाे थियाे । तर मेयर शाह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । खेल ६—१ ले…

Read More

काठमाडौं – राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । लामिछानेले यस अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको बताउँदै यसलाई तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘अब नयाँ संसद्को बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्ता पनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसद्को अधिकार…

Read More

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ।  शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ।  हाल नाम, थर, वतन नखुलेको पुरुषको शव आइतबार मृत अवस्थामा फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित सांसद अर्जुन नरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आइतबार साँझ दुई नेताबीच करिब २ घण्टा वार्ता भएको हो । ओलीको निमन्त्रणामा केसी बालकोट पुगेको थिए । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ ।  त्यस्तै नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले बताएका छन् । जनजीविकाका सवालमा उठेका आवाजहरू सामूहिक रूपमा समाधान गर्ने पनि दुई नेताले प्रतिबद्धता जनाएका थिए । यसको साथै द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने सहमति भएको केसीको भनाइ छ ।  भेटमा चुच्चे नक्सा…

Read More

कैलाली- कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ । नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार क्षेत्रभित्र बन्दै गरेका नालीकै कारण दिनहुँ पाइप काटिने गरेका जनाइएको छ । पानी २४ सैँ घण्टा आउँछ भनेर कतिपय उपभोक्ताले ट्याङ्कीको व्यवस्था गरेका छैनन् । धेरै उपभोक्ताले नल्काको पानी प्रयोग गर्न छाडेका छन् ।  यसरी नल्काको प्रयोग गर्न छाड्नु र ट्याङ्कीको व्यवस्था नगरेका उपभोक्ता पानी अनियमित भएपछि खानेपानी संस्थाप्रति आक्रोशित हुने…

Read More

काठमाण्डाै – काठमाण्डौको जोरपाटी साँखु सडक खण्ड ठप्प भएको छ । सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहानदेखि यो सडक खण्ड अन्तर्गतको थलीमा प्रदर्शन गरिरहेका छन् । लामो समयदेखि सडक मर्मतको माग गरे पनि पूरा नभएको भन्दै स्थानीय बासिन्दाले फेरि प्रदर्शन थालेका हुन् । यसअघि पनि उनीहरुले पटक-पटक विरोध गर्दै आएका थिए । तर, ठेकेदारसँग सडक मर्मत गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो । सहमति अनुसार सडक मर्मतको काम नभएपछि फेरि स्थानीय बासिन्दाले केही दिनयतादेखि विरोध गर्दै आएका छन् । विरोध प्रदर्शन भइरहेकाले यो सडक खण्ड हुँदै ओहोरदोहोर गर्ने गाडीलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ ।

Read More