Author: Dipak Dhamala

काठमाण्डाै – पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । कतारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा क्राेएसियाले ब्राजिललाई चार–दुई गाेलले हरायाे । यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा ब्राजिलका लागि नेयमारले गाेल गरे । तर त्याे अग्रता धेरै बेर टिकेन । क्राेएसियाका लागि ब्रुनाे पेटकाेभिकले गाेल गर्दै खेल एक–एककाे बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेकाे हाे । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपकाे उपाधि जितेकाे थियाे ।

Read More

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक डडेल्धुराको नवर्दुगा गाँउपालिका–५ उकालीका ३५ वर्षीय तेजबहादुर साँउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आज बिहान ४:३० बजे से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ। सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा चालक बाहेक अरु कोही पनि नभएको प्रहरीले जनाइएको छ। डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो।

Read More

काठमाण्डौ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुने भएको छ । जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो । क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ । रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप’ गरेकाले यो कार्य गैरकानुनी रहेको दाबी गरिएको छ । जबराले आफूउपरको महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित सम्बन्धित निकायहरूमा यसको जानकारी गराउन गएको मंगलवार संसद् सचिवालयमा निवेदन दिनु भएको थियो…

Read More

काठमाण्डौ – निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेर नाम बुझाउन पत्राचार गरेसँगै बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप बढेको छ । आकांक्षीको दौडधुप बढेपछि नेतृत्व भने दबाबमा परेको छ । दलहरुले निर्वाचित हुने उम्मेदवार छान्दा बन्द सूचीको क्रम मिच्न पाउने छैनन् । तर, संख्या कम हुनाले कुन समूह क्लस्टर भन्ने विकल्प भने छ । कुनै समूहबाट पुरुषलाई छान्दा त्यही समूहबाट महिला बाहिरिन र अर्को समूहबाट पुरुष बाहिरिन सक्छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्र्तगत दलहरुले भोलिसम्ममा समानुपातिकतर्फको नाम पठाइसक्नु पर्नेछ । दलहरुले यसअघि नै निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ । निर्वाचन आयोगले बुधवार दललाई पत्र पठाउँदै समानुपातिकतर्फको…

Read More

काठमाडौं – प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समाबेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले  दरखास्त आह्वान गरेको हो । प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको हो ।  पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

Read More

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका​देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।  ‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद,’ ट्वीटरमा लेखेका छन् ।​ कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। ८९ जना सांसद सहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठूलो दल भएको छ । बागमती, गडण्की, कर्णाली र सुदूरपश्मि गरी ४ प्रदेशमा पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

Read More

काठमाण्डौ – कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो । कालीकोटमा साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो । चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा अहिलेसम्म ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय कालीकोटका कर्मचारी लालबहादुर बमले जानकारी दिनुभयो । ‘अहिले डिपोमा आयोडिनयुक्त नुन पनि सकिएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले बिक्री गर्दै आएको सहुलियतको नुन…

Read More

काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ । ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो । ब्राजिल पाँच पटकको विश्वकप विजेता टोली हो भने क्रोएसिया सन् २०१८ को उपविजेता हो । त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दैछन् । अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराएको थियो । नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोलले हराएर क्वाटरफाइनलमा पुगेको…

Read More

मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा  पुग्दैछ  ।  गत  असार  १७  गतेबाट  मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान  महाँकालस्थित  काठमाडौँ  उपत्यका  खानेपानी  लिमिटेडको  वितरण  केन्द्रको  साँचो  खोलेर  पानी  छोड्नुहुनेछ  ।   मेलम्ची  खानेपानी  आयोजनाका  कार्यकारी  निर्देशक  कमलराज  श्रेष्ठका  अनुसार  सुन्दरीजल  प्रशोधन  केन्द्रबाट  बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Read More

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको  समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

Read More