Author: Dipak Dhamala

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशका पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । आज  दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।  राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतः सफा रहनेछ।  तराई  भू-भागमा हुस्सु तथा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

तालिबानले गत अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेपछि पहिलो पटक मृत्युदण्ड दिएको छ ।  ताजमिर नाम गरेका एक व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेपछि उनलाई  दक्षिणपश्चिमी फराह प्रान्तको एक स्टेडियममा मृत्युदण्ड दिइएको तालिबानका प्रवक्ताले बताए। तालिबान सरकारका अधिकांश शीर्ष मन्त्रीहरूसहित समूहका दर्जनौं नेताहरू फाँसीमा सहभागी भएका थिए । न्यायाधीशहरूलाई शरिया कानुनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको केही हप्तापछि यो आदेश आएको हो ।तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना उक्त आदेश जारी गर्दै न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक अंगविच्छेदन र ढुङ्गाले हानेर सजाय तोक्न आदेश दिएका थिए । यद्यपि, तालिबानले आधिकारिक रूपमा वास्तविक  अपराध र सम्बन्धित सजायहरू परिभाषित गरेका छैनन्। तालिबान प्रवक्ता जबिहुल्लाह…

Read More

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । नामिबिया भ्रमणमा रहेको नेपालले आज चौथो खेल खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् । हिजो भएको तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भयो। त्यस्तै नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहिन हुँदा एक/एक अङ्क बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । ७ टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २३ खेलमा १८ अङ्कसहित छैटाैँ…

Read More

काठमाण्डाै – समानुपातिकतर्फ ७६ महिला सांसद सुनिश्चित भएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार सङ्घीय संसदमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ७६ महिला पठाउनु पर्ने जनाएको छ । १ सय १० सदस्य समानुपातिकमा ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानुपातिकतर्फ प्रतिनिधित्व गराउनु पर्छ । निर्वाचन आयोगका अनुसार १० प्रतिशतभन्दा बढी सिट प्राप्त गर्ने चार दलले ३३ प्रतिशत महिला सुनिश्चित हुने गरी अधिकतम् बन्दसूचीबाट…

Read More

  बैतडी- बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा बिहीवार जमानी जात्रा लाग्ने भएको छ। हरेक बर्षको मंसिर शुक्ल पूर्णिमाका दिन निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा लाग्ने गरेको गरेको छ। अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भएपनि यो जात्रामा कुनै प्रकारको बलि नहुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहरा जानकारी दिए। जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको उनको भनाइ छ। निङ्गलाशैनी भगवतीको भण्डार प्रर्दशन हुने भएकाले टाढा टाढाबाट समेत  भक्तजनहरु दर्शनका लागि आउने गरेको बताइएको छ।  हरेक बर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको बिशेष पूजाआजा हुने गरेको छ। जात्रामा निङ्गलाशैनी भगवतीको…

Read More

धनगढी- सुदूरपश्चिम महोत्सवको तयार पूरा भएको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते (आज) महोत्सवको उद्घाटन गर्ने उनले बताए। प्रधानमन्त्री देउवा ११ बजे काठमाडौंबाट आउने संघले जनाएको छ। उनका अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका नृत्य प्रदर्शन गर्ने तयारी छ। सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन। उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषि उपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ।कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना…

Read More

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो ।  बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको पाठकले बताए ।  बस र ट्रक ठोक्किएपछि अहिले उक्त…

Read More

जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।  ७१ वर्षीय प्रिन्स हेनरिकको रूपमा वर्णन गरिएका एक कुलीनलाई उनीहरूको योजनाको केन्द्रविन्दु भएको आरोप लगाइएको छ। संघीय अभियोजकहरूका अनुसार उनी जर्मनीका विभिन्न स्थानमा पक्राउ परेकाहरूमध्यका कथित दुई नेता मध्ये एक हुन् ।  समूहमा चरमपन्थी राइचसबर्गर (रिचका नागरिक) आन्दोलनका सदस्यहरू संलग्न छन्, जुन हिंसात्मक हमलाहरू र जातिवादी षडयन्त्र सिद्धान्तहरूका लागि लामो समयदेखि जर्मन पुलिसको नजरमा रहेका थिए । उनीहरूले आधुनिक जर्मनलाई…

Read More

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ। राजनीतिक दलले तीन दिनभित्र आरक्षित समूह मिलाएर बन्दसूचीमा राखिएको क्रमअनुसार उम्मेदवार छनोट गर्नुपर्नेछ। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपसचि गुरुप्रसाद वाग्लेले बुधबारबाट तीन दिनको समय राखेर पत्राचार गरिएको बताए । आयोगले पत्राचार गरेपछि नेपाली कांग्रेसले बुधबारै पत्र बुझिसकेको छ। पत्रअनुसार राजनीतिक दलले शनिबारसम्म नामावली पठाउनुपर्नेछ। यसरी पठाइएको नामावली समावेशी समूहअनुसार नभए दलले थप दुई दिनको समय पाउनेछन्। समानुपातिकबाट उम्मेदवार निर्वाचित भएको प्रमाणपत्र पाउन अझै कम्तीमा पाँच दिन पर्खिनुपर्नेछ। राष्ट्रपतिसमक्ष आयोगले…

Read More

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताएका छन् । उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भई अगाडि बढ्नसमेत आग्रह गरे । प्रचण्डले किराँत समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस)का अवसरमा दुवै समुदायलाई पनि शुभकामना दिएका छन् । यी पर्वले नेपालको सांस्कृतिक विविधतासँगै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्‌भाव र सहिष्णुताको संरक्षण एवं प्रवर्द्धन गर्न मद्दत मिल्ने…

Read More