काठमाडौ: न्याय सेवा आयोगले बुधबार कर्मचारीहरूको व्यापक सरुवा र बढुवा समेत सिफारिस गरेको छ।
आयोगले सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवा तथा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
बुधबार बसेको न्याय सेवा आयोगको बैठकले महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीको बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा गरेको छ।
बेपत्ता छानबिन आयोगका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे दुई सय कर्मचारीको सरुवा गरेको हो।
आयोगले न्याय सेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ।
सूची हेर्न क्लिक गर्नुहोस्
Facebook Comments Box