Author: Dipak Dhamala

चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आग्रह गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने चीनको भनाइ छ । हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैरजिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले कानुनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशिला भएको जनाएको छ । हङकङमा चीन विरोधी शक्तिलाई समर्थन नगर्न पनि कार्यालयले पुन : सचेत गराएको छ । निष्पक्षता, न्याय र विधिको शासनका निम्ति आफू अग्रपङ्तिमा रहेको दाबी गर्ने अमेरिकाले अपराधीलाई मानवअधिकारका नाममा संरक्षणको प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको चीनको टिप्पणी छ । …

Read More

काठमाण्डाै – कतारमा भइरहेको फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ । सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द ‘अल हिल्म’ को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो । यसको अर्थ ‘यात्रा’ हो । एडिडास कम्पनीले हिजो विश्व कपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुग्ने एडिडासले जनाएको छ । यस पटकको विश्व कपमा फ्रान्स,…

Read More

काठमाडौं – आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच छलफल नभएकोमा बताउँदै शर्माले सरकारको कदमप्रति असहमति जनाएका हुन् । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति… ! संक्रमणकाल´मा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ !’ आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  राजनीतिक कारणले थुनामा रहेका,…

Read More

काठमाडौं – देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो । काठमाडौँकै न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।मंगलबार पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा…

Read More

काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ ।निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद  वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । उनले भने , “प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन । प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ । त्यसपछि आवश्यक निर्णय गर े र सूची सार्वजनिक गरिने छ ।” प्रवक्ता वाग्लेले सोमबारै समानुपातिकको सूची सार्वजनिक गर्न तयारी अपुग भएमा मङ्गलबार सार्वजनिक गरिने बताए । यो समाचारगोरखापत्र दैनिकमा छ ।

Read More

काठमाडौं- आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम इटालीको बैंकमा शक्तिशाली विस्फोटसन् १९६९ मा बेलायतबाट केन्या स्वतन्त्रसन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो । केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो ।इटालिको एउटा राष्ट्रिय बैंकमा बम विस्फोट भएको थियो । अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्यसन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको थियो । देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य हो । चेक सरकार र सोभियत संघबीच हस्ताक्षरसन् १९४३– चेक सरकारले सोभियत संघसँग युद्धपछिको सहयोगको लागि एक सन्धिमा हस्ताक्षर गरेको थियो…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए। गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १७ वर्षीया ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरू सहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक पटक जबरजस्ती करणी गरेको किशोरीको भनाइ छ।

Read More

मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साबिक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले स्थान बनाउँदा दुई पटकको च्याम्पियन दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले स्थान सुरक्षित ग¥यो । यसैगरी मोरक्को कीर्तिमान रच्दै पहिलो अफ्रिकन सेमिफाइनलिस्ट बन्यो । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल खेलहरु बुधबार र बिहिबार राति हुनेछन् । पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा फ्रान्स र मोरक्कोबीच भिडन्त हुनेछ…

Read More

बैतडी- बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता सुरुहुने भएको छ। मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना आइतबारदेखि गर्न लागेको हो। जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि सञ्चालन हुने ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए। प्रतियोगिताको तयारी पूरा भइसकेको उनले बताए। प्रतियोगितामा दोगडाकेदार गाउँपालिका बाहेक ९ ओटा स्थानीय तह र एक आयोजक गरी १० ओटा टीमको सहभागिता रहेकोे चन्दले बताए। मैनेजर तेजबहादुर चन्दको घरबाट शहीद दशरथचन्द घर हुँदै प्रभातफेरीको आयोजना गरेर दशरथचन्द खेल मैदान सुन्दरखालीमा प्रतियोगिताको उद्दघाटन गरिने चन्दले बताए। प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार…

Read More

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकतर्फ कैलालीकी रुपा सोसी चौधरीलाई छनोट गरेको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको माओवादीले समानुपातिकतर्फ चौधरीलाई छनोट गरेको हो । सत्तारुढ गठबन्धनभित्र भागबण्डा हुँदा माओवादीले कैलाली निर्वाचन क्षेत्र नं. २, ३ र कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ पाएको थियो । तर ती क्षेत्रमा माओवादीका उम्मेदवारहरु पराजित भए । माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण शनिबार निर्वाचन आयोगमा बुझाएको छ । जसमा थारु महिला कोटा अन्तर्गत कैलालीको टीकापुर नगरपालिका २ बन्दीपुरकी रुपा सोसी थारुलाई प्रतिनिधि सभा सदस्यको लागि छनोट गरिएको हो…

Read More