Author: Dipak Dhamala

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा शुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए । सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ । 

Read More

काठमाण्डाै – नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले  प्रतिनिधिसभाको समानुपातिक सांसदको टुङ्गो लगाउँदा कर्णालीबाट पनि उल्लेख्य प्रतिनिधित्व भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका दलले प्रदेशसभातर्फ पनि कर्णालीमा समानुपातिकको टुंगो लगाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेशसभातर्फ निर्वाचनमा भाग लिएको थिएन । प्रतिनिधि सभातर्फ हुम्लाकी हुम्लाकी छिरिङ ल्यामु लामा तामाङ माओवादीबाट समानुपातिक सांसद चयन भएकी छन् । यसैगरी एमालेबाट दैलेखकी सूर्य कुमारी श्रेष्ठ चयन भएकी छन् । एमालेबाट नै रुकुम पश्चिमका चन्द्रबहादुर विश्वकर्मा पनि दलित कोटाबाट समानुपातिक सांसद बनेका छन् ।  कांग्रेसबाट जुम्लाकी कान्तिका सेजुवाल, जाजरकोटकी मैना रावल कार्की, दैलेखकी सीताकुमारी राना चयन भएकी छन् ।…

Read More

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ ।  यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ ।  पार्टीभित्र समानुपातिकको विषयमा विवाद र पार्टी कार्यालयमै होहल्ला समेत भएपछि राप्रपाले निर्वाचन आयोगमा गोप्य रुपमा यी ७ जनाको सूची बुझाएको हो । स्रोतका अनुसार अझै दुई दिन आयोगमा समानुपातिकको नाम सच्याउन सकिने म्याद हुने भएकाले विवाद चर्किएमा यो नाममा फेरबदल हुनसक्ने सम्भावना समेत  छ । विशेषगरी…

Read More

कालीकाेट – कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परि तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिनुभयो । “डोजरमा आठ जना सवार रहेकामा दुई जनाको ज्यान गएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन्”, उहाँले भन्नुभयो, “दुर्घटनामा तीन जना घाइते भएका छन् ।” डोजर कर्णाली करिडोर नजिकै ८०…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टीमा ल्याएको मत अनुसार ९ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको छ । शनिबार बसेको सचिवालय बैठकले समानुपातिक सूचीमा सूचीकृत मध्येबाट ९ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  जसमा प्रदेश १ बाट विद्या चाम्लिङ, मधेस प्रदेशबाट पुरुषमा रत्नेश्वर गोइत, दलितमा इश्वरीदेवी र अल्पसंख्यकमा लक्ष्मीदेवी लोहारलाई छनोट गरेको छ । त्यसैगरी वागमती प्रदेशबाट आदिवासी महिला क्लस्टरबाट ओमकुमारी श्रेष्ठ खस आर्यबाट मायादेवी शर्मालाई  छनोट गरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशबाट खसआर्यबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्तलाई छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

Read More

दार्चुला- दार्चुलामा अहिले सम्म भिरबाट लडेर ८ जनाको मत्यु भएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको हाल सम्म २ जना महिला सहित ८ जनाले भिरबाट लडेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरीक्षक राजेश शाहीले बताए ।  दार्चुला जिल्लाका ग्रामीण क्षेत्रमा वस्तुभाउलाई खुवाउनका लागि खर काटेर थुप्रो बनाउने चलन रही आएकाले महिलाह तथा पुरुषहरु बढि भिरमा काम गर्ने भएकाले पनि मुत्यु हुनेको संख्या बढेको प्रहरीले जनाएको छ । जिल्लाका अधिकांश खरफागलाहरु भीरमा भएकाले खर काट्ने क्रममा पुरुष महिलाहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रही आएको स्थानीय राकेश सिह धामीले बताए ।  दार्चुलामा साउनको ११ गते मालिकार्जुन…

Read More

धनगढी- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। माओवादी केन्दको बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलित महिलाबाट लक्ष्मी बिक, महिलातर्फबाट गिता देबि माल र जानकी कुँवर पौडेल सूचीमा परेका छन्।

Read More

धनगढी- नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठककाअनुसार खस आर्यबाट स्वयंम उनीसहितका ७ जनाको नाम टुंगो लागेको छ। उनकाअनुसार कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद र हिरा सार्की सूचीमा परेका छन्। प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना सुदूरपश्चिम प्रदेशसभा सदस्य पाएको छ।

Read More

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र  इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । यसअघि हिजो भएको खेलमा अर्जेन्टिना र क्रोएसिया अन्तिम चारमा पुगिसकेका छन् । #विश्वकप

Read More

जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक सुरु भएको छ । प्रदेश सभाको समानुपातिक सदस्य चयनलगायतको विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हाे । जसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सात र समानुपातिकमा ५ गरी १२ सिट जितेको छ । त्यस्तै प्रदेश सभातर्फ मधेस प्रदेशमा नौ प्रत्यक्ष र सात समानुपातिक गरी १६, लुम्बिनी प्रदेशमा दुई प्रत्यक्ष र एक समानुपातिक गरी ३ र प्रदेश १ मा १ सिट समानुपातिक प्रतिस्पर्धाबाट ल्याएको छ । यसरी प्रदेश सभातर्फ जम्मा सिट संख्या २० रहेको छ । बैठकले प्रतिनिधि सभातर्फको पाँच समानुपातिक सिट र प्रदेश सभातर्फको नौ समानुपातिक सीटको टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए…

Read More