दार्चुला- दार्चुलामा अहिले सम्म भिरबाट लडेर ८ जनाको मत्यु भएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको हाल सम्म २ जना महिला सहित ८ जनाले भिरबाट लडेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
दार्चुला जिल्लाका ग्रामीण क्षेत्रमा वस्तुभाउलाई खुवाउनका लागि खर काटेर थुप्रो बनाउने चलन रही आएकाले महिलाह तथा पुरुषहरु बढि भिरमा काम गर्ने भएकाले पनि मुत्यु हुनेको संख्या बढेको प्रहरीले जनाएको छ । जिल्लाका अधिकांश खरफागलाहरु भीरमा भएकाले खर काट्ने क्रममा पुरुष महिलाहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रही आएको स्थानीय राकेश सिह धामीले बताए ।
दार्चुलामा साउनको ११ गते मालिकार्जुन गाउँपालिका वडा नं ६ चिउरानीका वर्ष ४० का गणेश पालको भिरबाट लडेर ज्यान गएको छ भने भाद्र महिनाको २० गते नौगाड गाउँपलिका वडा नं ३ खारमा ३२ वर्षकी अनिता देवि ठगुन्नाको समेत भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै असोज २९ गते दार्चुलाको व्यासँ गाउँपालिका ४ दौला बस्ने वर्ष ४३ का हर्कबहादुर बम कार्तिक ४ गते लेकम गाउँपालिका ५ वस्ने जयदेब जोशीको पनि भिरबाट लडेर मृत्यु भएको प्रहरीको अभिलेखमा उल्लेख गरिएको छ ।
कार्तिक २५ गते वर्ष ३५ की जानकी नगाल महाकाली नगरपालिका ३ मा बस्ने महिलाको मुत्यु भयो भने मंसिर १६ गते व्यासँ गाउँपालिका वडा नं ३ बस्ने वर्ष ५२ का डम्मर डडालको मुत्यु भएकोे प्रहरीले जनाएको छ ।मंसिर २० गते लेकम गाउँपालिका ३ बस्ने वर्ष ५२ का प्रेम सिह ऐरी तथा मंसिर २१ गते महाकाली नगरपालिका ३ वस्ने वर्ष ३५ का विरसिह भण्डारीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ग्रामीण क्षेत्रका महिला तथा पुरुषहरु खर घासकै लागि आफनो ज्यान जोखिममा राखेर काम गर्ने गरेको विभिन्न तथ्याङकहरुले देखाएको छ ।