Author: Dipak Dhamala

चीनको प्रदूषित हावामा तीब्र मात्रामा सूक्ष्म कणहरू फेला परेको र त्यसका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमा नै मृत्यु हुने गरेको एक अध्ययनले दाबी गरेको छ । बेइजिङले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका बाबजुद अध्ययनले यस्तो नतिजा देखाएको हो । अध्ययनले १ सय ३७ देशहरूको विश्लेषण गरेको थियो । जीवाश्म ईन्धन जलाउँदा सामान्यतया उत्पादन हुने २.५ माइक्रोन (पीएम २.५) भन्दा सानो कणहरूको सम्पर्कले ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४० प्रतिशत मृत शिशु जन्मेका थिए ।विश्वका ९८ प्रतिशत मृत शिशु जन्मिने सबै देशको विश्लेषण गरिएको अध्ययनमा चीन चौथो स्थानमा परेको…

Read More

काठमाण्डाै – महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले आज भारतलाई पत्र पठाउने तयारी गरेको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको हो । गृह मन्त्रालयले स्थलगत विवरणसहित हिजो परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको र परराष्ट्र मन्त्रालयमार्फत् आज भारतीय विदेश मन्त्रालयलाई पठाउने तयारी छ । गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले बताउनुभएको छ । गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न पत्राचार गरेको हो । दुवै पक्षले सम्भव भएसम्मका प्रयास गरेर समस्याको समाधान खोज्नुपर्नेमा दार्चुलाका प्रमुख…

Read More

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । आज बिहान भएको खेलमा ब्राजिल र…

Read More

काठमाण्डाै – जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले अब मुद्दा चलाउन थालेको छ । यसअघि कारबाही गरेर मात्रै छोड्ने गरिएको थियो । काठमाण्डाै उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो । लागुऔषध र जाँडरक्सी खाएर गाडी चलाउनु यात्रुको जिउ ज्यानमा खेलवाड गर्नु हो । त्यसैले त्यसरी गाडी चलाउने चालकलाई मुद्दा नै चलाउन थालिएको उहाँले बताउनुभयो । केही दिन अघि मात्रै काठमाण्डाैको फर्पिङमा ना १ ज ८४६९ नम्बरको…

Read More

काठमाडौं- आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् ।  ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी एमाले सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डसँगको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ ।सत्तारूढ गठबन्धनको बालुवाटारमा सोमबार नै बसेको बैठकमा ‘निर्वाचन समीक्षाका साथै…

Read More

काठमाडौं – नेपाल प्रहरीको कायम ३० वर्षे सेवा अवधिलाई हटाउँदै वर्तमान आइजिपी धिरजप्रताप सिंहको कार्यकाललाई निरन्तरता दिने तयारी गरिएको छ। ३० वर्षे सेवा अवधिका कारण नियुक्त भएको एक वर्षमै घर जानुपर्ने र राज्यलाई आर्थिक भार पर्ने भएपछि उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गरी आइजिपी सिंहलाई निरन्तरता दिने तयारीमा सरकार लागेको हो।  नयाँ सरकार पनि गठबन्धनकै बन्ने भएकाले  प्रहरी नियमावली संशोधन गर्न लागिएको हो। गृह मन्त्रालयले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउन नियमावली संशोधन गर्न कानुन मन्त्रालय पठाएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै प्रहरी नियमावली संशोधनका लागि कानुन मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएपछि सेवा अवधि हटाएर उमेर हदलाई…

Read More

क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरको छ ।  सोमबार भएको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।  क्रोएसियाका लागि निकोला भेलासिक, मार्केलो ब्रोजोभिक र मारियो पेसालिकले गोल गरे । मार्को लिभाजाले पोनाल्टी मिस गरे ।  यता जापानका लागि ताकुमा सानोले गोल गेरे भने माया योसाइद, काउरुद मिटामा र मिनामिनोले मिस गरे ।  यसअघि अल जानुब स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।  जापानले खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । यता क्रोएसियाका लागि खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले…

Read More

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज बिहान देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।   आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको  पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू(भागमा मौसम सामान्यतः सफा रहनेछ। राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ।  तराई  भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे ।   यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए । ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।  खेलको २९औं मिनेटमा रिचर्डलिसनले ब्राजिलका लागि तेस्रो गोल गरे । खेलको ३६औं मिनेटमा लुकास पाकिउटले गोल गर्दै ब्राजिललाई ४–०…

Read More

काठमाण्डाै – प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो । दोलखामा प्रतिनिधि सभातर्फ गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की विजयी हुनुभएको छ । उहाँँले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराउनुभयो । कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८१ मत प्राप्त गर्नु भएको छ । यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०,…

Read More