Author: Dipak Dhamala

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र शुन्यमा झरेको छ। सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन । कैलाली-२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर-१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।

Read More

काठमाडौं- कर्णाली प्रदेशमा नेकपा एमाले शून्य भएको छ । यो समाचार तयार पार्दासम्म प्रदेशका १० जिल्लामध्ये ८ जिल्लाकाे नजिता सार्वजनिक भइसकेको छ । एमालेले प्रतिनिधिसभामा खाता खोल्न सकेको छैन । हुम्लामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ । रुकुम पश्चिममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर भारी मतका साथ विजयी भएका छन् । प्रभाकरले ३९ हजार ५४९ मत ल्याएर विजयी भएका हुन् । प्रभाकरसँग प्रतिस्पर्धा गरेका एमालेका…

Read More

काठमाडौं- नेकपा एमाले सुदूरपश्चिमका नेता–कार्यकर्तालाई शुक्रबार बिहानसम्म पनि कैलाली–५ जित्ने आशा थियो । यो क्षेत्रमा एमाले उम्मेदवार नारदमुनि रानाले नेपाली कांग्रेसका डिल्लीराज पन्तलाई चुनौती दिइरहेका थिए । बागी उम्मेदवार पुष्करनाथ ओझाले कांग्रेसको मत काट्ने अनुमानका कारण एमालेले यो क्षेत्रलाई जित्नेको सूचीमा राखेको थियो । तर पन्तले २१ हजार ३९२ मत ल्याएर जिते । २० हजार ३१८ मै सीमित रहेर राना हारेसँगै सुदूरपश्चिमको १६ निर्वाचन क्षेत्रमध्ये एमाले २ क्षेत्रमा सीमित हुन पुगेको छ । यसपटक सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको कञ्चनपुर–१ र बैतडीमा मात्रै जितेको छ । कञ्चनपुर–१ मा माओवादी केन्द्रका बिना मगर हराएर एमालेका तारा लामा तामाङले जिते ।…

Read More

काठमाडौं- सुदूरपश्चिममा बाजुराबाहेक अन्य जिल्लामा प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएको छ। प्रदेशका प्रत्यक्ष ३० स्थानको नतिजामा सत्तागठबन्धनले बढी स्थानमा जीत निकालेको छ। गठबन्धनले ३० मध्ये २१ स्थानमा जीत निकाल्दै प्रदेश सरकार बनाउन सुविधाजनक बहुमत प्राप्त गर्ने भएको छ। प्रत्यक्षतर्फ बाजुराका २ क्षेत्रको परिणाम आउन बाँकी छ भने समानुपातिकतर्फ २१ सिटमध्ये बढी सिट गठबन्धनकै भागमा पर्ने मत परिणामले देखाएको छ। २०७४ मा बाम गठबन्धनलाई दुई तिहाइ नजिक बहुमत दिएका सुदूरपश्चिमका मतदातले यो पटक पनि पाँच दलीय गठबन्धनलाई सहज हुने गरि मतदान गरेको प्रत्यक्षतर्फको मत परिणामले स्पष्ट देखाएको छ। प्रत्यक्षतर्फ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसबाट सबैभन्दा बढी प्रदेश सभा सदस्य निर्वाचित भएका छन्।…

Read More

काठमाडौं- यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत संघीय संसदको प्रत्यक्षतर्फको नतिजा अन्तिमतिर पुगेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अन्तिम परिणाम सार्वजनिक भएका १४३ स्थानको नतिजा आउँदा नेपाली कांग्रेस ४७ सिटमा विजय हासिल गर्दै पहिलो दलका रुपमा देखा परेको छ । नेकपा (एमाले) ३८ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा रहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा (माओवादी केन्द्र) ले १६ र नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जित निकाल्न सफल भएका छन् । निर्वाचनको संघारमा गठन भएर संसदीय चुनावमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी ७ स्थानमा विजयी भएको छ । एमालेसँग चुनावी तालमेल गरेर…

Read More

बाजुरा- मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ। घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ। टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ। त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो।…

Read More

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ। आज देशका हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

Read More

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमाले ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ ।  घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार दुई सय  ३३, जनता समाजवादी…

Read More

धनगढी- कैलालीमा मोटरसाइकलले सडक किनारमा सुतिरहेका एक जनालाई ठक्कर दिँदा मृत्यु भएको छ। जिल्लाको जोशिपुर गाउँपालिका–१ बडहरियास्थित जोशिपुर–टिकापुर सडक खण्डमा से५प३९७७ नम्बरको मोटरसाइकलले सडक किनारमा सुतिरहेका एक जनालाई ठक्कर दिएको हो।  सोही गाउँपालिका–४ झपही बस्ने २६ वर्षीय रमेश चौधरीले चलाएको उक्त मोटरसाइकलले बडहरिया बस्ने ७० वर्षीय छल्लुराम चौधरीलाई सडकको किनारमा सुतिरहेको अवस्थामा ठक्कर दिँदा उनी घाइते भएका थिए।  घाइते चौधरीको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनकाल अनुसार चालक र पछाडि सवार अन्य एकजना पनि सामान्य घाइते भएका छन्। मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको जोशीले बताए।

Read More

धनगढी- धनगढीमा एक कारमा अचानक आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ चौराह नजिक रहेको पुलिस स्कुल नजिक कारमा आगलागी भएको हो।  भन्सारबाट धनगढीतर्फ आउँदै गरेको चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ४५ वर्षीय दिपक भट्टले चलाएको से१च २३०९ नम्बरको कारमा अचानक आगलागी भएको हो। कारमा के–कति कारणले आगलागी भएको बारे खुल्न नसको प्रहरीले बताएको छ। कारको अगाडिको भागमा क्षति भएको र अहिले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। मानविय क्षति भने नभएको प्रहरीले बताएको छ। 

Read More