काठमाडौं: उच्च अदालतका न्यायाधीश विपुल न्यौपानेको सरुवा भएको छ।
न्याय परिषद्को आइतबार बसेको बैठकले न्यायाधीश न्यौपानेलाई उच्च अदालत विराटनगरबाट सोही अदालतमातहतको इलाम इजलासमा सरुवा गरेको हो।
यसअघि उनी इलाममा कामकाज गर्ने गरी खटिएका न्यौपानेलाई सरुवा नै गरिएको बताइएको छ।
यस्तै उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दलाई राजस्व न्यायाधीकरण, विराटनगरको अध्यक्ष तोक्ने निर्णय पनि गरिएको छ।
Facebook Comments Box