Author: Dipak Dhamala

काठमाडौं- जिल्ला निर्वाचन कार्यालय पर्वतले शिवालय मावि कुस्माका प्रावि शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । अधिकारले २२ असोजमा आफ्नो फेसबुक स्टाटस्मा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले नियमानुसार कारबाही गरिपाउँ भनी फेसबुक स्टाटस्को छायाँप्रति सहित लिखित उजुरी परेकाले सो निर्देशन दिएको हो ।  निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार तपाईँलाई किन कारबाही नगर्नु पर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र स्वयं उपस्थित भई जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष लिखित रूपमा स्पष्टीकरण पेश गर्न भनिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १० मा विद्यालय,…

Read More

काठमाडौं- आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइँत बिहान ११ः३७ बजे रहेको छ ।

Read More

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ । घरको फोहोर राति लगेर सार्वजनिक ठाउँमा फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ । वातावरण र कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा एक लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिनुभयो । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एकहजार रुपैयाँदेखि बढीमा २५…

Read More

काठमाण्डौ – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाण्डौ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन कुमार थापालाई स्पष्टीकरण सोधेको छ । थापाले ट्वीट गरेर काठमाण्डौ क्षेत्र नम्बर ४ का बासिन्दाको लागि निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ भनेर सम्पर्क नम्बर सहित जानकारी गराएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । स्पष्टीकरण पत्रमा निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी हुँदाहुँदै आचारसंहिता विपरीत ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

Read More

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई २–१ गोल अन्तरले हराएको छ । न्युक्यासलका लागि पहिलो हाफमा क्यालम विल्सन र मिगुएल अल्मिरोनले एक–एक गोल गरे । टोटनहमका लागि दोस्रो हाफमा ह्यारी केनले गोल गरे । गएराति घरेलु टोली टोटेनहमलाई हराएसँगै न्युक्यासल तालिकाको चाैँथो स्थानमा उक्लिएको छ । उसले १२ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । यस्तै गएराति नै भएको अर्को खेलमा लिग लिडर आर्सनल बराबरीमा रोकिएको छ । आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । आर्सनलका लागि ग्रेनाइट जाका र साउथह्याम्टनका लागि स्टुअर्ट आर्मस्ट्रागले गोल गरे…

Read More

काठमाण्डौ – जापान आएको ६ महिना बितिसकेछ, अस्ति भर्खर जस्तो लाग्थ्यो आंखाभरि आंसु टिलपिल टिलपिल गराउंदै आफन्तहरूलाई हात हल्लाउंदै काठ्मान्डौको आकाशबाट उडेको! हजारौ सपना बुन्दै ५ बर्ष अगाडि जापान आएको पल्लो घरको दाजूले जस्तै प्रगति गरौला,बुवाआमालाई सुख दिउंला,राम्रो पक्की घर बनाउंला,महिनै पिच्छे घरखर्च पठाउंला र अल्लि फरक जिन्दगी बिताउंला भन्ने सपना बोकेर जापान आएको म ,नेपालबाट लिएर आएको ९० हजार जापानको कलेजको होस्टेल आइनपुग्दै सकिएको थियो! नयां बिध्यार्थीलाई दुहुनु गाई सम्झिने होस्टेल संचालकहरूले AirPort सम्म लिन गएको र quarantine बसेको अनि ७ दिनलाई खाना दिएको जम्मा ९ मान जति लिए! जसोतसो १ महिना बित्यो । कामको बिज्ञापन देखेर मेसेज गरी काम…

Read More

काठमाण्डौ – यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा…

Read More

काठमाडौं- प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख एक हजार र प्रदेश सभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार…

Read More

काठमाडौं- नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा…

Read More

महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन्। स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ। मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन्। “चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, जितेर गएपछि फर्केर पनि हेर्दैनन्”, स्थानीय बिनु सुनारले भने,  “हामी कुन हविगतमा बसेका छौँ, उनीहरू सबै बिर्सिन्छन्।” यो गाउँ महाकाली नदी र जोगबुढा नदीले घेरेर बनेको टापुमा छ। यो भारतसँग जोडिएको सीमावर्ती नेपाली गाउँ हो। यहाँ चार सयभन्दा बढी व्यक्तिको बसोबास छ। कुतियाकबरवासीको समस्या समाधानमा जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको स्थानीयवासीको…

Read More