काठमाण्डौ – जापान आएको ६ महिना बितिसकेछ, अस्ति भर्खर जस्तो लाग्थ्यो आंखाभरि आंसु टिलपिल टिलपिल गराउंदै आफन्तहरूलाई हात हल्लाउंदै काठ्मान्डौको आकाशबाट उडेको! हजारौ सपना बुन्दै ५ बर्ष अगाडि जापान आएको पल्लो घरको दाजूले जस्तै प्रगति गरौला,बुवाआमालाई सुख दिउंला,राम्रो पक्की घर बनाउंला,महिनै पिच्छे घरखर्च पठाउंला र अल्लि फरक जिन्दगी बिताउंला भन्ने सपना बोकेर जापान आएको म ,नेपालबाट लिएर आएको ९० हजार जापानको कलेजको होस्टेल आइनपुग्दै सकिएको थियो!
नयां बिध्यार्थीलाई दुहुनु गाई सम्झिने होस्टेल संचालकहरूले AirPort सम्म लिन गएको र quarantine बसेको अनि ७ दिनलाई खाना दिएको जम्मा ९ मान जति लिए! जसोतसो १ महिना बित्यो । कामको बिज्ञापन देखेर मेसेज गरी काम सुरू गर्या! महिनाको जसोतसो १० मान कमाई हुन्छ!खाना,पानी,ग्यास,बत्ती,मोबाईल,बाईफाई,train भाडा,५/६ मान खर्छ हुन्छ! अब नयां रूम सर्नुपर्ने भएकोले ६/७ मान खर्च हन्छ! नेपालमा दशै खर्च पठाएर बांकी रहेको अलि अलि पैसा कोठा सर्दा खर्छ हुनेभयो! केही साथीहरूले त hand cash काम भनेर अर्को पनि काम गर्दै छन! मेरो चांही चिनजानको कोही नभएर यहि एउटा काम मा चित्त बुझाउनुपरेको छ! नेपाली सेनसेइले अबको केही महिनामा अर्को बर्षको गाक्कोउ फि ६५ मान जम्मा गर्दै गर्नुपर्ने भन्नुभएको छ! उता नेपालमा जापान आउंदाको २५% ब्याजमा लिएको १५ लाख रिण ६ महिनामै बढेर १७ लाख पुगिसक्यो,महिनामा ३० हजार तिर्नुपर्ने ब्याज पनि तिर्नसकेको छैन, गाक्कोउ फि कसरी जम्मा गर्ने थाहा छैन!
कामको लागि पनि फेसबुकमा भेटेजति सबै सेनपाईहरूलाई भनिसक्या कहि कतै भेटिदैन! अहिले गरिरहेको काममा पनि मान्छे धेरै भएर काम घटाउंदैछ!जति बज्रपात आइलागे पनि सहिरहेछु, बाहिर खिस्स हांसो त देखाउनै पर्छ नत्र बल्ल खाइस भन्नेको कमि छैन यहां! अर्काको दुःखमा रमाउनेको जमात नै छ यहां! अठोटः। अब जे जति भयो भयो, आजैबाट पढाइमा अल्लि समय दिन्छु भाषा बनाउंछु, नेपालको Bachelor भएकोले चांडै working गर्न मिल्ने कुरा सुनेको छु! जति रिण लागोस बरू साहूहरूलाई २ बर्ष कुर्न लगाउंछु,अबको डेढ बर्ष मा N2 पास गर्नुछ! निहोन्गो गाक्कोउ सकिएपछि working को लागि कोसिस गर्नेछु! जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन! त्यसैले संघर्ष गर्ने सक्ने साहस आजैबाट गर्नेछु !!! दामोदर न्यौपाने हाल : नागोया,जापान