Author: Dipak Dhamala

धनगढी- कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् । प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो ।शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ । हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका…

Read More

बाजुरा- बाजुरामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतगणना जारी रहेकको छ। पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका बद्रि पाण्डे १२६९ मतले अगाडि छन्। पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४१३० मत पाएका छन्। जिल्लामा विवादका कारण रोकिएको मतगणना बिहीबार साँझ ६ बजेबाट सुरु भएको थियो। मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन जिल्लामा विवाद हुँदा २ जनाको मृत्यु भएको थियो।

Read More

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछन् । यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ । यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ । यो समूहको दुई खेल राति पौने १ बजे सुरु हुनेछ । समूह ‘जी’ बाट…

Read More

धनगढी- कैलालीमा छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार जिल्लाको गोदावरी नगरपालिका ५ गेटामा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से ५ प ८७६० नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किएको हो। दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका २ का अन्दाजी ३२ वर्षीय विशाल बुढाऐर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको धनगढीस्थित मायामेट्रो अस्पताल मा उपचारका भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकलसँग ठोक्किएको गाईको घटनास्थलमा मृत्यु भएको छ।

Read More

काठमाडौं- राष्ट्रिय भूमि आयोगले  भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती  हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले आज एक सूचना प्रकाशित गर्दै आयोगले तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्वासी बस्ती नहटाउन भनेको छ  ।  सुकुम्वासी तथा भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरणलगायतका कामहरू निर्वाचन आचारसंहिताको कारण स्थगित भएको भए पनि अव तत्काल सुरु गरिने पनि आयोगले जनाएको छ ।

Read More

काठमाण्डाै – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना भइरहेको छ । दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीको अग्रता छ । पछिल्लो विवरण अनुसार कार्की ३ हजार २२४ र एमालेका बालकृष्ण सिवाकोटीले १ हजार ४७० मत प्राप्त गर्नुभएको छ । माओवादीका कार्की र एमालेका सिवाकोटीबीचको मतान्तर १ हजार ७५४ रहेको छ । दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड ९सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड० लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो।राष्ट्र बैंकले बुधवार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर ९बुधवारको विदेशी विनिमय दरअनुसार रु। एक अर्व ४५ करोड ८६ लाख…

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोज, तर पाएनन् । आफ्नै काम गर्न उनीसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) हान्निए ।  विदेशमा तीन वर्ष काम गरेर फर्किएका क्षेत्रीले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो बनाउने विन्ध्याबासिनी लघु उद्योग खोलेका छन् । “विदेशमा पेट्रोलपम्पमा तीन वर्ष काम गरेँ, त्यहाँबाट फर्किएपछि स्वदेशमै उद्यम गर्ने सोच आयो”, उनले भने, “बुवा वन कार्यालयमा जागिरे हुनुहुन्थ्यो, उहाँकै सल्लाहअनुसार बेत, बाँसको काममा लागेँ ।”भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक…

Read More

काठमाडौं – बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाट बाहिरिएको हो ।अहमेद बिन अलि स्टेडियममा भएको खेलमा बेल्जियमले गोल निकाल्न सकेन । ४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् ।उनी २०१६ मा बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

Read More

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली रही रहनेछ ।तराईका  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले  अनुरोध गरेको छ ।

Read More