Author: Dipak Dhamala

काठमाण्डाै – युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा नबुझाउने ६६ वटा सहकारीलाई कात्तिक मसान्तभित्र साँवा, ब्याज र हर्जानासहित सम्पूर्ण रकम बुझाउन अनुरोध गरेको छ । कोषले आज सार्वजनिक सूचना निकालेर २०६९ सालमा थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता नभएको भन्दै सम्पूर्ण रकम १५ दिनभित्र बुझाउन अनुरोध गरेको हो । कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले निकालेको सूचना अनुसार कर्जा नबुझाउनेमा प्रदेश एकका १२, मधेस प्रदेशका ६, बाग्मतीका १४, गण्डकी र लुम्बिनीका ३/३ वटा सहकारी रहेका छन् ।…

Read More

नवलपरासी- पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता  –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो।डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले…

Read More

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुर मैदानमा समूह ‘बी’ मा रहेको प्रदेश एक र बाग्मती प्रदेशबीच खेल हुँदैछ । यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । त्यस्तै, आज हुने अर्को खेलमा समूह ‘ए’ का एपीएफ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । यो खेल मूलपानीमा बिहान साढे ९ सुरु हुनेछ । आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरीएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी…

Read More

रुसले युक्रेनका संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै ५० वटाभन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेपछि अत्यावश्यक सेवा प्रभावित भएका छन् । मुख्यगरी बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । राजधानी किएभका ८० प्रतिशत बासिन्दालाई खानेपानीको समस्या भएको छ । किएभका ३ लाख ५० हजार अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताउनुभएको छ । उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा आक्रमण भएको छ । रुसले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको खबरमा उल्लेख छ । रुसी रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको दाबी गरेको छ ।

Read More

नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो। कांग्रेस पूर्वउपसभापति एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र समन्वय समितिहरूलाई प्रभावकारी बनाउने निर्णय भएको छ। उनले पाँच दलबीच भएको गठबन्धनलाई सफल बनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए ।  निर्वाचन लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने र सबै जिल्लामा गठबन्धनका उम्मेदवार, नेता, कार्यकर्ताबीच समन्वय गर्न केन्द्रबाट…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ २६ पैसा र बिक्री दर १३१ रुपैयाँ ८६ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ४३ पैसा र बिक्री दर १५३ रुपैयाँ १३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर…

Read More

काठमाडौं- निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज सुनुवाइ हुने भएको छ ।  ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए ।  रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ । त्यसैगरी उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको  रिट पनि…

Read More

काठमाडौं- नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले आफ्ना घोषणापत्रमार्फत जनतामाझ प्रतिबद्धता जनाउने गरेका छन् । यद्यपि घोषणापत्र कार्यान्वयनको पक्ष भने अत्यन्त फितलो रहँदै आएको भन्दै जनतामाझ आलोचना हुने गरेको छ ।

Read More

काठमाडौं- आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ । गत असोज १९ यता लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त पुल भत्काएको थियो । त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन ।  त्यसपछि स्थानीय नरजङ्ग मल्लको पहलमा काठको भ¥याङ निर्माण गरेर वारपार गर्न मिल्ने गरी वैकल्पिक पुल…

Read More

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले  देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ । आज दिउसो पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती प्रदेश एक, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भोलि हल्का वर्षाको सम्भावना रहेको छ ।

Read More