Author: Dipak Dhamala

काठमाण्डाै – काठमाण्डाैका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलीमिली बनेको हो । सहरका ठूला सपिङ मलमा चङ्गैचङ्गा टाँगिएको छ । बजारमा डमी पिङ,लट्टाईले सझिएको छ । बेलुकीपख सडकमा घुम्दा दीपावलीको झल्को दिने गरी बजारमा झिलीमिली बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यवसाय प्रतिष्ठानलाई सझाएका हुन् । दशैँ लागेसँगै काठमाण्डाैका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न सकिन्छ । काठमाण्डाै उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैँका लागि सामग्री किन्ने नागरिकको घुइँचो बढेको छ । काठमाण्डाै उपत्यकाबाट दशैँ मनाउन…

Read More

काठमाण्डाै – क्षयरोग निवारण संस्थामा उपचाररत दुई जना कैदीबन्दी फरार भएका छन् । उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । क्षयरोग देखिएपछि विराटनगरस्थित उक्त संस्थामा भर्ना गरिएको थियो । क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहान सबेरै फरार भएका हुन् । उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले फरार भएका कैदीबन्दीको…

Read More

काठमाण्डाै –  जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेङ्गुका बिरामी फेला परेका छन् । प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेङ्गु सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको हो । सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म यहाँका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेङ्गुका ४० बिरामी फेला परेका छन् । डेङ्गु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सङ्क्रमण हुने गर्दछ । निर्देशनालयका डेङ्गु नियन्त्रण स्रोत व्यक्ति एवं भेक्टर कन्ट्रोल अफिसर श्यामलाल आचार्यले लामखुट्टेको जीवनचक्रका लागि हिमाली भेग पनि अनुकूल बन्दै गएको बताए । “कतिपय फेला परेका बिरामी तराईबाटै सङ्क्रमित भएर गएका छन्…

Read More

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ। सल्यानकाे कुमाख गाउँपालिका- ६ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेकाे रा १ ज ७९८ नम्बरकाे जीप जिमालीमा दुर्घटना भएकाे हाे। ज्यानमा गुमाउनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मनबहादुर पुन रहेका प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनामा घाइते भएकाहरुकाे उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गरिएकाे प्रहरीले जनाएकाे छ ।

Read More

काठमाण्डाै – आज नवरात्रको छैठौं दिन विभिन्न शक्तिपीठ र घरमा कात्यायनी देवीको पूजा आराधना गरिन्छ। हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो। अमरकोषमा पार्वतीको दोस्रो नामलाई कात्यायनी भनिएको छ। स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ। उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ। कात्यायनी माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने र उपासना गरे एकदमै सरलता पूर्वक अर्थ, धर्म, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ। कात्यायनीलाई विशेष गरी गुलियो परिकारहरू प्रिय छन्।

Read More

काठमाण्डाै – दशैँ मनाउन घर फर्कनेहरुको भिड बढेसँगै आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप बढेको छ ।उपत्यकाको जडीबुटी, कोटेश्वर, कलङ्कीलगायतका ठाउँमा अहिले गाडी जाममा रहेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यी क्षेत्रबाट विशेष गरी पूर्वका इलाम, झापा, धरान, जनकपुर, सर्लाही, सिरहा तथा पश्चिम क्षेत्रका बाँके, बर्दिया, दाङ, गुल्मी, पाल्पालगायतका जिल्लामा जानेको सङ्ख्या धेरै छ। यी क्षेत्रमा लागेको भिडलाई सहज बनाउन आज बिहान ३ बजेदेखि नै उपत्यकाका विभिन्न ठाउँमा एक हजार जना ट्राफिक प्रहरी खटिएका कार्यालयले जनाएको छ । हिजो र अस्तिभन्दा आज काठमाण्डौ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या धेरै छ । हिजो डेढ लाख जनाले काठमाण्डौ उपत्यका छोडेका…

Read More

काठमाण्डाै – धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा मोटरसाइकलले गाईलाई ठक्कर दिएको हो। अत्तरियाबाट धनगढी तर्फ आइरहेको सुपप्र ०१ ००८ प ६७९३ नम्बरको मोटरसाइकलले छाडा गाईलाइ ठक्कर दिँदा चालक धनगढी १२ बस्ने घनस्याम उपाध्याय गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। पछाडि सवार बझाङको बुङ्गल नगरपालिका ८ बस्ने ३३ वर्षीय कृष्ण जाग्री घाइते भएका छन्। दुबैको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Read More

काठमाण्डाै – आज अक्टोबर १ तारिख अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ज्येष्ठ नागरिकको उत्थानशीलता : बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने राष्ट्रिय नाराकासाथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको…

Read More

रुसले युक्रेनका चार भू–भाग गाभेको घोषणा गरेपछि युरोपेली सङ्घले भर्त्सना गरेको छ । युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेअर्सन क्षेत्रमा रूसले गरेको कब्जा घोषणालाई कहिल्यै मान्यता नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य देशका नेताहरू सम्मिलित युरोपेली परिषद्ले रुसले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् । परिषद्ले निकालेको विज्ञप्तिमा युक्रेनी भू–भागलाई गाभ्ने रुसको कदमलाई गैरकानुनी उल्लेख छ । साथै विज्ञप्तिमा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई जानाजानी कमजोर बनाएर युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको मौलिक अधिकार, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित आधारभूत सिद्धान्तको उल्लङ्घन गरेर रूसले विश्वव्यापी सुरक्षालाई खतरामा…

Read More

काठमाण्डाै – घरेलु टोली पाकिस्तानसँगको छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । लाहोरमा गएराति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको शृङ्खलामा ३–३ को बराबरी भएको छ । पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इङ्ग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो । इङ्ग्ल्यान्डका फिल साल्टले अविजित ८८ रनको अर्धशतकीय पारी खेले । उनको यो टी–२० आई करिअरकै उत्कृष्ट प्रदर्शन हो । एलेक्स हेल्स २७ रनमा तथा डाविड मालन २६ रनमा आउट भए । बेन डुकेटले अविजित २६ रन जोडे । इङ्ग्ल्यान्डले पहिलो पावर प्ले अर्थात् ६ ओभरमा नै ८२ रन जोडेको थियो ।…

Read More