Author: Dipak Dhamala

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’ पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । ति प्रश्नको जवाफ फर्काउने क्रममा बालेनका अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरू आइरहेको बेलामा हर्क साम्पाङ बालेनको पक्षमा…

Read More

काठमाण्डाै – आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ दिवस मनाइँदैछ । यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ । सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना…

Read More

बेलायतमा नेपालीको जनसङ्ख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले  सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो । सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ । यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ ।यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता (नेपाली) बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो । एक दशकमा ती दुई…

Read More

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह ‘जी’ अन्तर्गतकाे क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ । कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएकाे हाे । पराजित भए पनि समूह विजेता बनेकाे ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेकाे छ । क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जितसँगै तीन खेलमा चार अङ्क जोडेको क्यामरुन समूह चरणबाटै बाहिरिएको छ । समान खेलमा ६ अङ्क जाेडेकाे ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।

Read More

काठमाण्डाै – फिफा विश्व कप फुटबल‍मा समूह ‘एच’ अन्तर्गतकाे दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  कतारको एजुकेसन सिटी स्टेडियममा गए राति भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै दक्षिण कोरिया अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेकाे छ । खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दक्षिण कोरियाका लागि खेलको २७औँ मिनेटमा किम योङ जीओनले पहिलो गर्दै खेललाई बराबरीमा ल्याएका थिए । काेरियाका लागि इन्जुरी समयमा ह्वाङ ही चानले दोस्रो गोल गरेका हुन् । जितसँगै कोरियाले ३ खेलमा ४ अङ्क जाेडेकाे छ भने पोर्चुगलकाे समान खेलमा ६ अङ्क रहेको छ । पाेर्चुगल यसअघि नै अन्तिम…

Read More

काठमाण्डाै – समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म १ करोड ३ लाख ९२ हजारभन्दा बढी मतगणना सकिएको छ । एमालेले सबैभन्दा बढी २७ लाख ७९ हजार मत पाएको छ । कांग्रेसले २६ लाख ४८ हजार, माओवादी केन्द्रले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार र जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएका छन् । एकीकृत समाजवादीले २ लाख ९४ हजार मत पाएको छ । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक…

Read More

काठमाण्डाै – बाजुरा, दोलखा र स्याङ्जा–२ मा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४६० र एमालेकी पद्या अर्यालले २० हजार २६७ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याउनुभएको छ । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ९ हजार ९५९ मत ल्याउनुभएको छ भने नेकपा एमालेका कर्ण थापाको ७ हजार २१० मत छ । दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की ७ हजार ९९५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गर्नुभएको छ ।

Read More

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।   तराई  भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ । आइतबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Read More

काठमाडौं – निर्वाचन आयोगले हालसम्म ७ वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औंपचारिक जानकारी गराउनु भएको हो । जस अनुसार एमालेले सबैभन्दा बढि मत प्राप्त गरेको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भईसकेको छ । प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकि…

Read More

बाजुरा – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत धेरै रहेको पाइएपछि मतगणना रोकिएको हो । पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याउनु भएको छ । पाण्डे र थापाबीचको मतान्तर १ हजार २६९ रहेको छ ।

Read More