Author: Dipak Dhamala

काठमाडौं- दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ अन्तर्गत नेपाली यूवा होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवण कुमार कुवरले रिक्रियसन आन्टरपृनियर अवार्ड हात पार्न सफल भएका छन । विगत तीन वर्ष देखि सिजन मिडिया प्रालिले प्रदान गर्दै अवार्डमा नेपालका कसवर सहित विभिन्न एशियन मुलुकका ३४ जनाले यस वर्षको प्रोफेसनल अवार्ड हात पार्न सफल भएका थिए । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’मा रिक्रियसन आन्टरपृनियर अवार्ड विधामा मनोरन्जन तथा रेष्टुरेष्ट व्यापारमा सफल युवा व्यवसायी कुवरले अवार्ड प्राप्त गर्न सफल भएका थिए । सिजन मिडियाको १४ औं स्थापना दिवसको अवसर पारेर प्रदान गरिएको…

Read More

काठमाण्डाै – आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखलाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा ‘प्राकृतिक प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणलाई विश्वव्यापी संस्कार बनाऔँ’ भन्ने रहेको छ । सन् १९८९ को राष्ट्र सङ्घ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरण बढाउने उद्देश्यले दिवसको सुरुवात गरेको थियो । नेपालमा यो वर्ष ६ महिनामा विभिन्न विपद्का घटनामा परि २ सय ७९ जनाले ज्यान गुमाएका छन् । ५ सय ९५ जना घाइते भएको तथ्याङ्क छ । बाढी/पहिरो तथा चट्याङबाट मात्रै १ सय…

Read More

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि मुख्य दलका प्रायः सबै शीर्ष नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पुरानो क्षेत्र डडेलधुरालाई नै रोज्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ लाई नै आफ्नो चुनावी क्षेत्र बनाउनु भएको छ । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक कम जोखिम रहेको क्षेत्रका रुपमा गोरखा – २ रोज्नुभएको छ । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रौतहट-१ बाट उम्मेदवारी दिनुभएकाे छ । शीर्ष नेताहरुले उम्मेदवारी दिएको क्षेत्रको अवस्था यस्तो छ :…

Read More

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशिला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरेका थिए । साथै अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभएको अमेरिकास्थित…

Read More

नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य रहेका दुई मुख्यमन्त्री आगामी मंसिर ४ गतेको चुनावमा उम्मेदवार बन्न पाएनन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ आसन्न निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित भएका हुन् । २०७४ सालको चुनावमा भट्ट डोटी प्रदेश सभा ‘ख’बाट र केसी रोल्पा प्रदेशसभा ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका थिए । भट्ट पूरा कार्यकाल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न सफल भए भने केसीले झण्डै डेढ वर्ष लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुने अवसर पाए । आगामी चुनावमा दुवैले प्रतिनिधिसभा चुनाव लड्ने योजना बनाएका थिए । भट्टले डोटी र केसी रोल्पा वा दाङमध्ये एक जिल्लाबाट प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा…

Read More

काठमाण्डाै – झण्डै एक हप्ता लगातार परेको पानीले तराई तथा मध्य पहाडमा धानबालीमा क्षति गरेको छ । मुख्यगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आएको बाढी र डुबानबाट धानबालीमा क्षति पुगेको छ । वर्षभरि खाने र घरव्यवहार धान्ने अन्न धान डुबानमा परेपछि किसान चिन्तामा छन् । प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानसहित बाढीले अरु बालीमा पनि क्षति गरेको छ । यसले गर्दा खाद्य सुरक्षामा असर पार्ने चिन्ता बढेको छ । अघिल्लो वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताकाे बेमौसमी वर्षाले धानबालीमा क्षति गरेको थियो । अहिले पनि विभिन्न जिल्लामा क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण…

Read More

अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन्।  अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र…

Read More

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा इङ्ग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ। समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो। लिभरपुलका मोहम्मद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरे । खेलको १७औँ मिनेटमा स्कट अर्फिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर थप गोल गर्न नसकेको रेन्जर्सले ७ गोल खायो । सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक/एक गोल गरे । सलाहले ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने कीर्तिमान बनाएका छन् । जितसँगै लिभरपुल समूह ‘ए’ मा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।…

Read More

काठमाडौं- मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ ।  मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताए। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए। कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘‘यस…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।  युरो एकको खरिद दर १२७ रुपैयाँ ७० पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर…

Read More