Author: Dipak Dhamala

काठमाडौँ- काठमाडौँमा जारी यु १९ क्रिकेटमा आज फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदैछ । उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम प्रदशबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको हो भने डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनलको यात्रा तय गरेको हो । लुम्बिनी र सुदूरपश्चिमबीचको गत वर्षको फाइनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूरपश्चिमसँग १ सय रनले पराजित भएको थियो ।  प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले २ लाख…

Read More

काठमाण्डाै – आज विश्व माटो दिवस पनि मनाइँदै छ । स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाउँदै आइएको छ । जमिनमूनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरुको भनाइ छ । तर, जथाभाबी विषादी र रासायनिक मलको प्रयोगले माटो बिग्रन थालेको छ । नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लीय प्रकृतिकाे रहेको पाइएको छ । ‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतीयोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लीय प्रकृतिको, ४–५ प्रतिशत क्षारीय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ…

Read More

काठमाडौं- प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले  स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३३१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।  योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ ।  सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।

Read More

काठमाण्डाै – प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ । हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिनुभएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिनुभएको थियो । आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणामअनुसार शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०९ मत आएको छ । एमालेका शिवाकोटी ३० मतले अगाडि हुनुहुन्छ ।

Read More

काठमाण्डाै – मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको समानुपातिकतर्फ मत घटेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक ठूला तीन दल सबैको मत घटेको हो । अहिलेसम्म समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मत गणना भएको छ । समानुपातिकतर्फ अब थोरै मत मात्रै गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फ एमालेले २७ लाख ८८ हजार मत ल्याएको छ । पाँच वर्षअघि एमालेले ३४ लाख ३८ हजार मत ल्याएको थियो । यस्तै नेपाली कांग्रेसले पाँच वर्षअघि ३४ लाख १४ हजार मत ल्याएकोमा यसपालि २६ लाख ६० हजार मत ल्याएको छ । माओवादीले केन्द्रले यसपालि ११ लाख…

Read More

काठमाडौं- दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् ।  सोमबार विहानसम्मको मतगण्ना अनुसार कार्कीले ३३ हजार ६ मत पाउँदा उनका प्रतिस्पर्धी  नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत पाएका छन् । माओवादीका कार्की १८३ मतले अगाडि छन् । आइतबार राति १८ सय मतान्तरले पछाडि परेका शिवाकोटीले सोमबार विहानसम्म मतान्तर घटाएर १८३ पुर्याएका छन् । शुक्रबारदेखि सुरु भएको मतगणनामा कार्कीले अग्रता लिएका थिए । तर शनिबार रातिदेखि एमाले उम्मेदवार शिवाकोटी अगाडि लागे । आइतबार अपरान्हतिर कार्कीले  शिवाकोटीलाई उछिने । सोमबार विहानसम्म कार्कीको अग्रता कायम छ । अब विगु गाउँपालिका १…

Read More

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए ।  आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन् २०१४ मा अमेरिकी…

Read More

काठमाडौं- ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिए । अन्तर्राष्ट्रिय  मापदण्डअनुसार  यस  फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम/एस आशिष–समानान्तर  (जेभी)ले  ठेक्का  पाएको  छ । फ्लाईओभरको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) जियोकम/बीडीए/रेज (संयुक्त)ले तयार गरेको हो । २०७८ फागुन १९ मा फ्लाइओभरका डिजाइन सुरु भएको थियो । महानिर्देशक थापाले चक्रपथको  विस्तारित  खण्ड  कोटेश्वरदेखि  कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिने बताउँदै सोही क्रममा…

Read More

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। सोमबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  मंगलबार पनि प्रदेश १ को पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Read More

काठमाडौं- निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा त निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन । 

Read More