Author: Dipak Dhamala

काठमाण्डौ – युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह सीबाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।  मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा खराब प्रदर्शन हो । समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इंग्ल्याण्ड २ अंकसहित पुछारमा रहेको छ ।

Read More

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ २० पैसा र बिक्री दर १२६ रुपैयाँ ७९ पैसा रहेको छ।       बेलायती पाउण्ड एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा र…

Read More

काठमाण्डौ – गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ‘थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छ’, राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने। बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। हालसम्म डेंगु संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। कुल सङ्क्रमितमध्येमा ५० प्रतिशत सङ्क्रमित काठमाडौँ उपत्यकामा रहेको र बाँकी सातवटा जिल्लामा उल्लेखनीय सङ्ख्यामा सङ्क्रमित बढिरहेको पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

Read More

काठमाण्डाै – कञ्चनपुरमा जंगली बदेलको मासुसहित होटल सञ्चालक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा शुक्लाफाँटा नगरपालिका १० को झलारीमा रहेको लोकप्रिय होटलका सञ्चालक रमेश रावललाई पक्राउ गरिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयकाअनुसार बिक्रि वितरण गर्न फ्रिजमा १० किलो बदेलको मासु राखेको अवस्थामा रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। रावलमाथि थप अनुसन्धान भइरहेको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

Read More

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । नागरिकता विधेयक प्रमाणीकरणको लागि परमादेशको माग गर्दै अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सुनिल रञ्जन सिंह, अधिवक्ता सागर बराल, विजय पोखरेल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी सौगातराज बराल, काठमाण्डौ स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले संयुक्त रुपमा तथा मोरङको रङ्गेली नगरपालिकाका देव शर्माले रिट दायर गरेका छन् । सङ्घीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संविधानको व्यवस्था विपरीत राष्ट्रपतिले…

Read More

काठमाण्डाै – मकवानपुरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए । मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन । दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका…

Read More

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले कैलाली कारागारमा  सेनेटरी प्याड र स्वास्थय सामाग्री वितरण गरेका छन् । कांग्रेसबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका दाबेदार भण्डारीले सेनेटरी प्याड र स्वास्थय सामाग्री वितरण  गरेका हुन् । ६१८ कैदीबन्दीलाई आफ्ना बाजे स्वर्गीय डिल्लीराज भण्डारीको स्मृतिमा स्वास्थय सामाग्री, सेनेटरी प्याड बाडेको उनले बताए । भण्डारीले नेपालको कारागारमा कानुनी परामर्शको अभावमा देखिएको बताए । आफूले चुनाव जितेपछि जेलको स्तरोन्नती गरेर कारागारलाई तालिम गृह बनाउने बताए । कार्यक्रमका आयोजक श्री रविशंकरको आर्ट अफ लिभिङ्गका सुदुरपश्चिम प्रदेश सयोजक नवीन ओझाले भण्डारीको गृह मन्त्रालयको अनुमति लिएर कैदीबन्दीलाई सहयोग गरेको बताए । ८ दिनसम्म जेलमा योग र…

Read More

काठमाडौं- सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) बंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बिहीबार राती बसेको बढुवा समितिको बैठकले उनलाई एकल बढुवा सिफारिस गरेको हो । बढुवा समिति सचिवालयका सदस्य सचिव राजु आर्यालले सिफारिस गरिएको सूचना जारी गरेका हुन् । सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी दरबन्दी थप गरेको हो । योसँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण (ओ एण्ड एम) अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ । जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् । उपत्यका बाहिनीमा रहेका डीआईजी दाहाल सिफारिस भएको सातदिनभित्र कुनै उजुरबाजुर नभए बढुवा हुनेछन् ।…

Read More

काठमाडौं-  सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

Read More

काठमाडौं- दार्चुलाको अपी हिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घटनास्थलमै मृत्यु भएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठाकरेले जानकारी दिए । मार्मा गाउँपालिकाको लटिनाथबाट अपी हिमालको मकरीगाडतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौ जना सवार रहेका अपी हिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ…

Read More