Author: Dipak Dhamala

काठमाण्डाै – आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदैछ । उहाँको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेर नेपाली कांग्रेसले स्मृति दिवस मनाउन लागेको हो । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा गरेको नेतृत्वका कारण उहाँलाई सर्वोच्च कमाण्डर मान्ने गरिन्छ । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो । सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य…

Read More

काठमाण्डाै -कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले आज शोक बिदा दिएको छ । बाणगङ्गा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको शनिबार निधन भएपछि आज शोकमा विदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।  नगरपालिकाले  कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजी विद्यालय, स्वास्थ्य कार्यालय,कृषि तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए । उनले यस्तै एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने  प्रवाह गर्ने बताए । नगरपालिको वडा नम्बर १० की वडा सदस्य दामु घर्तीको ४२ वर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा हिजो मृत्यु भएको छ । उनी एमालेबाट निर्वाचित हुन् । 

Read More

काठमाण्डाै – आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो । आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको…

Read More

काठमाण्डाै – कैलालीमा नदीहरुको बहाउ कम भएको छ। कर्णाली, मोहना, मनेहरा, शिवगंगा, पथरैया, बडहरा लगायतका नदीहरुको बहाउ घट्ने क्रममा रहेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले नदीहरुको बहाउ कम भएपनि सर्तक रहन आग्रह गरेको छ। कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पानीको बाहाउ केही मात्रमा मात्रै कमी आएको छ। बस्तीमा पसेको बाढीले शनिबार १ हजार ५ सय भन्दा बढी घर डुवानमा परेका थिए। डुबानले धनजनको क्षती भएको र अझै पनि वर्षाको सम्भावना रहेकाले सर्तक रहन जोशीले आग्रह गरेका छन्।

Read More

काठमाण्डाै -सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा रहेको नाकुटे हेलम्बु खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका शिक्षक केशव सिवाकोटीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ । सिवाकोटी हिजो नुहाउने क्रममा चिप्लिएर १ सय पचास मिटर तल खोँचमा  अड्किएका थिए ।  आज बिहानै खोजतलासको क्रममा उनी जिवितै रहेको एकिन भएपछि सेनाको हेलिकोप्टर मगाएर उद्धार गर्ने प्रयास भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रामेश्वर यादवले जानकारी दिए ।  स्थानीयले हिजो साँझदेखि खोजतलास गरिरहेको भए पनि आज विहान मात्र उनलाई नाकुटेको खोँचमा हात हल्लाइरहेको अवस्थामा देखेका थिए । मानिस उक्त स्थानमा गएर उद्धार गर्न असम्भव भएपछि सेनाको हेलिकोप्टर मगाइएको प्रहरी उपरिक्षक यादवले बताए…

Read More

काठमाण्डाै – शक्तिशाली आँधीका कारण दक्षिण पश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ ।  आइतबार शक्तिशाली टाइफुन नान्माडोल नामक आँधी उक्त क्षेत्रतर्फ प्रवेश गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गरेका हुन् ।  आँधीले विभिन्न क्षेत्रमा असर गरेको छ । आइतबार बिहानसम्म कागोशिमा र छिमेकी मियाजाकीमा साढे २५ हजार घर विजुली विहीन भएका छन् । त्यस्तै, क्षेत्रीय रेल सेवाहरू, उडान र फेरी सेवा पनि रद्द गरिएका छन् । 

Read More

काठमाण्डाै – पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् । प्रभावित मध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् । बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो । ‘यी प्रत्येक मृत्यु एक त्रासदी हो, जुन टार्न सकिन्थ्यो’, उनले भने , ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित…

Read More

काठमाण्डाै – सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज अदालत फर्कने भएका छन्। कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएका थिए। उनले अदालतमा फर्कनेबारे छलफल गरिरहेका छन्। चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ। महाभियोग सिफारिस समितिले शनिबार राती सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस गर्दै प्रतिवदेन बुझाएको थियो।

Read More

काठमाण्डाै – निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालीकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटीमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हाे । यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीमा सडक माथिबाट पहिरो आइ बन्द भएकाे सुर्खेत–दैलेख सडक खण्ड अहिले सञ्चालनमा आइसकेकाे छ ।

Read More

काठमाण्डाै – पहिरोले २१ जनाको ज्यान गएपछि अछाम शोकमा डुबेको छ । तुर्माखाँद, कमलबजार र ढकारीमा पहिरोले २१ जनाको ज्यान गएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पुष्टि गर्नुभएको छ । तुर्माखाँद र ढकारीमा गरी दुई जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । घटनामा घाइते भएका तीन जनाको सुर्खेत र तीन जनाको मङ्गलसेनमा उपचार भइरहेको छ । शुक्रवार राति खसेको पहिरोले घरभित्रै च्यापिएर मानवीय क्षति भएको हो । कमलबार, तुर्माखाँद र ढकारी आपसमा जोडिएका पालिका हुन् । शुक्रवार राति ठूलो पानी परेको र जमिन थर्केर पहिरो खस्दा केही घर पुरिएका तथा केही भत्काएका छन् । घरबारविहीन भएकाहरु कोही आफन्तकोमा र केहीलाई…

Read More