काठमाण्डाै – सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज अदालत फर्कने भएका छन्। कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएका थिए।
उनले अदालतमा फर्कनेबारे छलफल गरिरहेका छन्। चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ।
महाभियोग सिफारिस समितिले शनिबार राती सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस गर्दै प्रतिवदेन बुझाएको थियो।
Facebook Comments Box