काठमाडौं: सत्तारुढ नेकपा (एमाले)ले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निकालेको छ। एमालेको बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो।
पार्टी हितविपरित सार्वजनिक अभिव्यक्ति दिँदै आएको आरोपमा स्पष्टिकरण सोधिएका उनले जवाफ नदिएपछि आज बसेको सचिवालय बैठकले पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो।
भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको विरोध गर्ने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना भने छ-छ महिनाका निम्ति निलम्बमा परेका छन्।
आजको बैठकमा शुरुमा यी दुईलाई एक-एक तह घटुवा गर्ने प्रस्ताव थियो। तर, अन्तिममा निलम्बन गर्ने निर्णय गरिएको हो।
Facebook Comments Box