काठमाडौं: भैँसीपाटी हनी ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीले आफ्नो मुद्दामा ५ लाख धरौटी तिरेर हिरासतमुक्त भएकी छन्। जिल्ला अदालत ललितपुरले उनलाई धरौटी तिराएर तारेखमा राखेपछि उनी काठमाडौंका क्लब र रेस्टुरेन्टमा पाटी गर्नमा व्यस्त छिन्। त्यस अगाडि प्रहरीको फरात सूचीमा रहेकी उनी अस्ति अदालतमा उपस्थित भएकोमा दोस्रो दिन थुनछेक बहसपछि धरौटी माग गरिएको थियो।
हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको हो। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएका थिईन्। उसो त उनले प्रहरीदेखि अदालतसम्मै सेटिङ गरेको आरोप छ। उता गृहमन्त्री रमेश लेखक र उनकी पत्नी पनि शाहीलाई त्यसबेला संरक्षण दिनेमा पर्दछन्।
तथापी शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन्। तर, उनले धरौटीमा रिहा भएलगत्तै हिजो नै सामाजिक सञ्जाल फेसबुकमा फरार रहेको अवस्थामा ‘म तिमीहरुको अगाडि नै थिए’ भन्दै नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न गएको भिडियो सार्वजनिक गरेकी छिन्। गत बिहीबार जनकपुर बोल्ट र कर्णाली याक्सबीच भएको खेलमा गएकी उनले आफू टिभी स्क्रिनमै आएको भिडियो आफ्नो फेसबुक स्टोरीमा राख्दै ‘डियर हेटर एण्ड झाँक्री, आइवाज अल्वेज इन द फ्रन्ट, बट यू गट माइ सिस्टर ब्याक’ भनेर क्याप्सन राखेकी छिन्।
त्यसले उनलाई फरार रहेका बेला समात्न नसकेको प्रहरी र आफूलाई केन्द्रित गर्दै समाचार लेख्ने पत्रकारहरुलाई लक्षित गर्दै चुनौती दिएको देखिन्छ। जबकी उनलाई फरार रहेकै अवस्थामा प्रहरीले खुलेआम रुपमा घुम्दा पनि समातेको थिएन।
फरार रहेको अवस्थामा टिभी स्क्रिमै देखिएकी उनलाई पक्रन भने प्रहरी असफल भएको थियो। तर, कालीकोट घर भएकी उनी कर्णालीको खेल हेर्न बारम्बार गएको भन्दै महेन्द्रनगरपोष्टले समाचार प्रकाशित गरेपछि उनी बाध्य भएर अदालतमा उपस्थित हुनैपर्ने अवस्था सृजना भएको थियो। बिहीबार नै महेन्द्रनगरपोष्टले, ‘फरार इन्स्पेक्टर बिनुकुमारीलाई गृहमन्त्रीकै संरक्षण, खुलेआम घुम्छिन् काठमाडौंमा ?’ शिर्षकमा सामाचार प्रकाशित गरेको थियो।
स्रोतका अनुसार उनी पूरै ‘सेटिङ’ गरेपछि मात्रै अदालतमा उपस्थित भएकी हुन्। त्यसैले शाहीको परिवार हिजो आदेश आउनु अगाडि नै पैसाको झोला बोकेर अदालतमा पुगेको थियो। जबकी त्यसपछिमात्र ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि ५ लाख धरौटी माग गर्दै शाहीलाई तारेखमा राख्ने आदेश गरेको थियो। त्यसले शाहीले अदालतलाई समेत प्रभावमा पार्न चलखेल गरेको आरोप लागेको बताइएको छ।
भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ। उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध गत मंसिर ९ गते जिल्ला अदालत ललितपुरमा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
यस अगाडि शाहीले पक्राउ पूर्जी जारी भैसकेको अवस्थामा सारा शक्ति लगाएर पक्राउ रोकाएकी थिइन्। उनलाई गृहमन्त्रीले नै संरक्षण दिएकोमा अहिले फेरि अदालतमा सेटिङ गरेको आरोप लागेको हो।
गत ७ असोजमा उनले एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेकी थिइन्। घटना बाहिरिएपछि निलम्बनमा परेकी उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। छानविन समितिमा समेत बयान दिन नगएकी उनी अन्ततः प्रहरी हिरासत पुगेकी थिइन्।
यसअघि इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । १३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो।
त्यसैगरी अर्का प्रतिवादी भीमादेवीलाई २ लाख र सुस्मा विकलाई जनही क्रमशः २ लाख र १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमालले भने साधारण तारेखमा छाड्ने आदेश भएको थियो।
घटनामा प्रतिवादी बनाइएका प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर शाही र सुनसरीका दर्शन पोखरेल भने फरार थिए। करिब एक महिनापछि शाही भने अदालतमा आफैं उपस्थित भएकी हुन्।
र, यो पनि: अदालतको आदेशअघि नै पैसाको झोला बोकेर पुगेका थिए निलम्बित इन्सपेक्टरको परिवार
निलम्बित इन्स्पेक्टरसँग ५ लाख धरौटी मागियो, तारेखमा बसिन्