Author: Dipak Dhamala

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ  २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले  २२ लाख १ हजार ७९४ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ ।  पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७ र छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएको छ ।   राष्ट्रिय पार्टी…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् । पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् । शनिबार नै पौडेलले नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन् । पौडेल निकट एक नेताका अनुसार उनको सभापति देउवाले आफू ‘रिजिड’ नहुने वचन दिएका थिए । ‘उहाँ (रामचन्द्र) कन्फिडेन्ट देखिनुभएको छ । सरकारको नेतृत्व गर्न विषयमा छलफल गर्न पार्टीभित्रका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ,’ पौडेल निकट एक नेताले भने । पौडेलले महामन्त्री गगन थापासँग पनि छिट्टै छलफल गर्ने ती नेताले जानकारी दिए । महामन्त्री थापाले संसदीय दलको नेता चुनिनका तयारी…

Read More

कालीकोट – हरेक चुनावमा हिंसात्मक गतिविधि हुने गरेको कालीकोटमा यसपटक शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको छ । सुरक्षाकर्मीको उच्च सुझबुझ र सतर्कताले जिल्लाभर कुनै घटना नभएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । शर्माले चुनावमा खटिएका नेपाली सेना, सशस्त्र र जनपदसहित म्यादी प्रहरीलाई सदरमुकाम मान्मबाट बिदाइ गर्दै शान्तिपूर्ण चुनाव हुनुमा सुरक्षाकर्मीको उच्च सतर्कता नै प्रमुख कारण भएको बताउनुभयो । भौगोलिक रुपमा विकटता छ । यहाँका नागरिकमा कुनै छलछाम छैन । २०४८, ०५१ र ०५६ सालको चुनावमा कांग्रेस, एमाले, मालेका कार्यकर्ताबीच कुटाकुट भएको कालीकोटमा ०६४ सालमा विभिन्न ९ ठाउँमा माओवादीले बुथ कब्जा गरेको आरोप लागेको थियो । ०७० सालमा सेवा सुविधाको बारेमा…

Read More

दार्चुला- दार्चुलामा प्रदेश र प्रतिनिधिसभातर्फको सामानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना सम्पन्न भएको छ। जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ ५८ हजार ९९१ मत खसेको थियो। नेकपा एमालेले सबैभन्दा बढी २४ हजार ८८३ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० हजार ६५५ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले आठ हजार १९० मत पाएको छ। अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन्। खसेका जम्मा मतमध्ये ५६ हजार ५२२ सदर र दुई हजार ४६९ मत बदर भएका छन्। प्रदेशसभा सामानुपातिकमा ठुलो मतान्तरले पहिलो स्थानमा रहेको एमाले प्रतिनिधिसभामा पनि प्रदेशमा पाएकोभन्दा बढी मतसहित पहिलो…

Read More

कैलाली- कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ। घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे चिनाइ ना हमार अभियान’ भन्ने मूल नाराका साथ घोडाघोडी मन्दिर परिसरमा महोत्सव सुरु भएको हो। शनिबार कैलाली निर्वाचन क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले  घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव शुभारम्भ गरेका गरे। कार्यक्रममा कैलाली –३ प्रदेशसभा (२)का नवनिर्वाचित सदस्य खुसीराम डगौंरा, नगरप्रमुख खडकबहादुर रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, जनप्रतिनिधि, राजनीतिक दलका नेतालगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो। उक्त महोत्सव यही मङ्सिर १० गतेदेखि १२…

Read More

रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् ।कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । २०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए । २०७४ को प्रतिनिधिसभा रामेछापमा पराजित भए । यसपटक उनले ढुंगेलसँग बदला लिएका छन् ।

Read More

काठमाडौं- फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा मेक्सिकोलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेज्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको छ ।लुसेल रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४औं मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।एन्जो फर्नान्डेजले ८७औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले २–० को नतिजामा जित सुनिश्चित गरेको थियो । पहिलो खेलमा साउदीअरबसँग २–१ गोलको नतिजामा पराजय बेहोरेको अर्जेन्टिनलाई अन्तिम १६ यात्रा जिवितै राख्न यो खेल जित्नैैपर्ने दवाव रहेको थियो । समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई हराए अर्जेन्टिना अन्तिम १६ प्रवश गर्नेछ । पहिलो खेलमा पोल्यान्डसँग गालरहित बराबरी खेलको मेक्सिकोले अन्तिम खेलमा…

Read More

कालीकोट- कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो ।  प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन् । जिल्लामा निर्वाचनको मतगणना सकिएको यसको नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।मुख्य निर्वाचन कार्यालयका अनुसार माओवादीले प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ हजार दुई सय २९ र प्रदेशसभातर्फ १५ हजार दुई सय ५१ मत पाएको छ । एमालेले प्रतिनिधिसभातर्फ १२ हजार पाँच सय ६४…

Read More

मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ ।  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ । #माैसम

Read More

काठमाडौं – आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।  हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात-सात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा…

Read More