Author: Dipak Dhamala

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ। मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी तेस्रो स्थानमा झरेका छन्। नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल दोस्रो स्थानमा आएका छन्। कुल २६ हजार ६५१ मत गणना सकिंदा बडुवालले ८ हजार २९० मतसहित अग्रता लिएका हुन्। एमालेका उम्मेदवार रावलको ७ हजार ५०६ मत छ। उनीहरु बिचमा ७८४ मतको अन्तर छ। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले ७ हजार २५४ मत ल्याएका छन्। यहाँ एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।

Read More

भारतको मेघालयस्थित तुरा क्षेत्रमा बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ४६ मिनेटमा प्रदेशको तुरा क्षेत्रबाट ३७ कि. पूर्व–उत्तर पूर्वमा भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्पको तीव्रता रिक्टर स्केलमा ३.४ मापन गरिएको छ भने गहिराई जमिनबाट पाँच किलोमिटर तल रहेको छ । यसअघि बुधबार महाराष्ट्र र अरुणाचल प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Read More

बझाङ- बझाङ प्रदेश १ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका छन्। उनी  नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ३६९ मतले पराजित गर्दै निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १६ हजार ६७७ मत पाए भने ओखेडाले १२ हजार ९९८ मत पाए। राप्रपा नेपालका कर्णबहादुर खड्काले ४१२ र राप्रपाका हरिलाल भट्टराईले ३९५ मत प्राप्त गरे।

Read More

अछाम- अछाम क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा क मा नेकपा माओवदी केन्द्रका सुदुरपस्चिम प्रदेश कमिटी उपाध्यक्ष अक्कल बहादुर रावल विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्धार भीम बहादुर विष्टलाई २ हजार ७ सय ७९ मतले पछी पार्दै रावल सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणाम अनुसार निर्वाचित रावलले ११ हजार २३१ मत ल्याँउदा र एमालेका भिम बिष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहनुभएका युवा नेता  रावल २०७४ को निर्वाचनमा पनि बाम गठबन्धनबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भई नेकपा माओवादी केन्द्रको प्रमुख सचेतक रहिसक्नुभएको…

Read More

कञ्चनपुर- कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (१) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन्। उनी ८ हजार ७ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहोराले ६ हजार ८ सय ५८ मत पाए। 

Read More

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई लाख मत कटाउने चौथो दल हो ।नेकपा एमाले समानुपातिकतर्फको शीर्ष स्थानमा छ । जारी मतगणनाको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ४ लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ३२ हजार १०८ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ४१ हजार ६८० मत प्राप्त गरेको छ । राप्रपा पाँचौं स्थानमा छ । राप्रपाले अहिलेसम्म एक लाख २६ हजार ७८२ मत प्राप्त गरेको छ । #निर्वाचन

Read More

बझाङ- बझाङमा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन्। उनी २८ हजार १४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन्।

Read More

अछाम- अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार खड्का १२ हजार ३ सय ३७ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाए।

Read More

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन ।निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नुहने विभागले जनाएको छ । विभागले मङ्सिर १ गतेदेखि लाइसेन्स आवेदन बन्द गरेको थियो । कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरेको हो । विभागले ट्राफिक प्रहरी र सम्बन्धित कार्यालयसँग समन्वय गरेर खुला गर्ने जनाएको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले भने, “प्रहरी र प्रदेश यातायात कार्यालयसँग बिहीबार बैठक बस्दैछौँ, बैठकपछि…

Read More

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी (अस्थायी)को बिहीबार बिदाइ गरिँदै छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बिहीबार म्यादी प्रहरीको बिदाइ गरिने जानकारी दिए । उनका अनुसार म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिने तयारी छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल…

Read More