Author: Dipak Dhamala

काठमाण्डाै – टि–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ को खेल सुरु हुँदैछन् । सुपर १२ मा आज समूह ‘ए’ का दुई वटा खेल हुनेछन् । पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया र न्युजिल्याण्ड खेल्दैछन् । खेल सिड्नीमा दिउँसो पौने १ बजे सुरु हुनेछ । त्यस्तै आज हुने दोस्रो खेल अफगानिस्तान र इंग्ल्याण्डबीच हुनेछ । खेल दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । यसअघि हिजो भएका खेलमा जिम्बावे समूह ‘बी’ को विजेता र आयरल्यान्ड उपविजेता बन्दै सुपर १२ मा पुगेको छ । त्यस्तै समूह ‘ए’ बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगिसकेका छन् । सुपर १२ को…

Read More

काठमाण्डाै – सरकारले प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाए पनि बजारमा किनबेच भैरहेको छ । तिहारमा घरकोठा सजाउनको लागि प्लाष्टिकका फूलमालाको माग धेरै हुने भएकाले व्यापारीले पहिलेजस्तै निर्वाध बेचिरहेका छन् । वातावरण विभागले तिहार र छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न यसअघि नै सचेत गराइसकेको छ । गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्री वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको विभागले स्मरण गराएको छ । विभागले नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए १५ हजारदेखि १…

Read More

काठमाण्डाै – काठमाण्डौ प्रहरीले रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले विज्ञप्ति निकालेर आफ्नो चिनजान भएको ठाउँमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो । परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले तिहारमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ । परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ । जाँडरक्सी खाएर गाडी नचलाउन, सार्वजनिक ठाउँमा जाँडरक्सी र चुरोट नखान, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ…

Read More

काठमाडौं- पूर्व विश्व नम्बर एक सिमोना हालेपलाई डोपिङको आरोपमा इन्टरनेशनल टेनिस इन्टिग्रिटी एजेन्सी (आईटीआईए) ले अस्थायी रूपमा निलम्बन गरेको छ । परीक्षणमा प्रतिबन्धित पदार्थ ‘रोक्साडस्ट्याट’ भेटिएपछि यो कारबाही गरिएको एजेन्सीले जनाएको छ । हालेपको युएस ओपनका क्रममा परीक्षण गरिएको थियो । उनको ‘ए’ र ‘बी’ दुवै नमूनामा यो प्रतिबन्धित पदार्थ पुष्टि भएको छ । हालेपले ट्वीटरमा यो जीवनको सबैभन्दा ठूलो झटका भएको बताएकी छन् ।

Read More

काठमाडौं- राजस्थानको उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई अभियुक्तलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको छ । बिहारका राजकुमार कुमार र फुन्टुश कुमारलाई पक्राउ गरेपछि सोधपुछ भइरहेको छ । तर, अहिलेसम्म लुटिएको सुन र नगद फेला परेको छैन । गत अगस्त २९ गते पाँचजनाको हतियारधारी समूहले यो घटना गराएको थियो । प्रहरीका अनुसार बिहारका यी दुवै अभियुक्त लुटपाटपछि त्यहाँ गएका थिए । उनीहरु कुनै अन्य लुटका लागि रेकी गर्न चित्तौडगढ आएका थिए ।

Read More

काठमाडौं- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ। आइतबार बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बेलुकी ०५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ। यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ। ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा…

Read More

काठमाडौं- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्यतया मौसम सफा  रहनेछ। तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकोले केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । 

Read More

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।  भदौमा खासगरी चाडपर्व लक्षित विप्रेषण आउने भएकाले पनि यो समय विप्रेषण बढ्ने गरेको छ । भदौमा मात्रै ९५ अर्ब रुपियाँ विप्रेषण आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । राष्ट्र बैङ्कका अनुसार भदौसम्म यस्तो स्वीकृति लिनेको सङ्ख्या १६९.९ प्रतिशतले बढेर एक लाख चार  हजार  पुगेको  छ  ।  त्यस्तै  पुनः  श्रम  स्वीकृति …

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।आज डलरको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ…

Read More

काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो । खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ । वातावरण पत्रकार समूहद्वारा कोप–२७’ बारे शुक्रबार आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले सम्मेलनमा उठाउने विषयबारे सरकारले आवश्यक तयारी गरिरहेको बताए । जलवायु  परिवर्तनका  कारण  हुने  अतिवृष्टिबाट उत्पन्न समस्याको प्रभाव मुलुकका ठूला भूभाग र जनसङ्ख्यामा देखिन थालेकाले सम्मेलनमा नेपालले अनुकूलन र…

Read More