काठमाडौं- नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।
भदौमा खासगरी चाडपर्व लक्षित विप्रेषण आउने भएकाले पनि यो समय विप्रेषण बढ्ने गरेको छ । भदौमा मात्रै ९५ अर्ब रुपियाँ विप्रेषण आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । राष्ट्र बैङ्कका अनुसार भदौसम्म यस्तो स्वीकृति लिनेको सङ्ख्या १६९.९ प्रतिशतले बढेर एक लाख चार हजार पुगेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि ७०.६ प्रतिशतले बढेर ३९ हजार नाघेको छ ।
बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि त्यो अवस्था अझै कायमै छ । असार मसान्तमा नौ अर्ब ५४ करोड रुपियाँ डलर सञ्चिति रहेकामा भदौ मसान्तमा २ प्रतिशतले घटेर नौ अर्ब ३५ करोड डलर कायम छ । यो विदेशी मुद्रा सञ्चिति ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।