Author: Dipak Dhamala

काठमाण्डौ – नेताले समृद्धिका नारा लगाए पनि बैतडीका आठवटा खानी अलपत्र परेका छन् । रोजगारी खोज्न युवा विदेशिनुपर्ने पीडा कायमै छ। बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा रहेको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुस्टि भए पनि सडक र बिजुली नहुँदा फलाम खानी उत्खनन हुन सकेको छैन। बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको बिन्द्रावन पक्की सडकबाट करिब तीन किलोमिटर मात्रै टाढा रहेको फलाम खानीसम्म गतिलो सडक र बिजुली पुग्न सकेको छैन। जबकि फलाम खानी रहेकै क्षेत्रका आकाशबाट ३० मेघावाट चमेलिया जलविद्युत्का तार राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। दुई वर्षअघि खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राइभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान…

Read More

काठमाण्डौ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको छ । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउनुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री…

Read More

काठमाडौं- नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० रुपैयाँ नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग रु दुई लाख ८४ हजार सात सय रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको…

Read More

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि पूर्वअर्थमन्त्री ऋषि सुनक र वर्तमान सरकारमै रहेकी मन्त्री पेन्नी मोर्डन्टले औपचारिक दाबी गर्नुभएको छ । पूर्व प्रधानमन्त्री बोरिस जोनसोनले प्रधानमन्त्रीको दाबी छाडेपछि सुनक र मोर्डन्टबीच प्रधानमन्त्री पदका लागि प्रतिस्पर्धा हुने देखिएको बीबीसीले जनाएको छ । मोर्डन्टले दुई दिनअघि नै औपचारिक अभियान सुरु गर्नुभएको छ भने सुनकले आज औपचारिक दाबी प्रस्तुत गर्नुभएको हो । यस अघि सुनक र जोनसोनबीच वार्ता भएको थियो । जोनसनले यो समय आफ्ना लागि उपयुक्त नभएको बताए पनि प्रधानमन्त्रीको दाबीका लागि एक सय सांसदको समर्थन आवश्यक पर्नेमा जोनसनको पक्षमा ५७ जना मात्रै खुलेकाले उहाँले दाबी छाड्नुभएको बीबीसीले जनाएको छ । कन्जरभेटिभ पार्टीको एक…

Read More

अष्ट्रेलियामा भइरहेको टी ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । होर्वाटमा हुने पहिलो खेलमा बंगलादेश तथा नेदरल्याण्ड्स खेल्दैछन् । योे खेल नेपाली समय अनुसार बिहान पौने १० बजे हुनेछ । आजै हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाबेबीच प्रतिस्पर्धा हुनेछ । खेल होर्बाटमा दिउँसो पौने २ बजे हुनेछ । विश्वकपको फाइनल खेल नोभेम्बर १३ तारिखमा हुनेछ ।

Read More

काठमाण्डौ – भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भटराइले बताउनुभयो । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताउनुभयो । समथर भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ । कतिपयले सूर्यग्रहणका कारण लक्ष्मी पूजा आजका लागि सरेको बताएपनि त्यो सत्य नभएको नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य देवमणी भट्टराईले बताउनुभयो । तिहारमा…

Read More

काठमाण्डौ – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ बाट नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन् । गोकर्णेश्वरको जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षकी दुर्गा महर्जन लगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो । उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी ८४ हजार ५ सय समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर…

Read More

काठमाण्डौ – नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । आज विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्न जनाएको थियो ।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले   अर्को सूचना नहुञ्जेलसम्मका लागि  सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताए । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट आइतबार नै सार्वजनिक गरिने भनिएको  थियो । गठबन्धनको प्रदेशव्यापी चुनावी अभियानका क्रममा आइतबार धनगढी र सुर्खेतको कार्यक्रममा व्यस्त भएपछि सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम आजलाई सारिएको थियो । कांग्रेसले अब ११ गते मात्र सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम गर्ने बुझिएको छ । महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसले घोषणापत्र तयार पारेको छ ।

Read More

काठमाण्डौ – नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको छ । नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो । यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं- अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुक फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ । भाइटीका (तिहार) मा करिब २४ लाख माला बिक्री हुने अनुमान छ ।करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मिनबहादुर तामाङले बताए । मुलुक फूल मालामा क्रमशः आत्मनिर्भर हुँदैछ, तामाङले भने, यो…

Read More