काठमाडौं: हालै अवकाश प्राप्त एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिएका छन्।
प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका उनीहरुले निवेदन फिर्ता लिएका हुन्।
उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए।
सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीलेको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। सर्वोच्च अदालतले उमेर हद्दका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका हुन्।
प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ। उनीहरूले सो व्यवस्था हटाउन माग गरेका थिए।
Facebook Comments Box