Author: Dipak Dhamala

काठमाण्डौ – दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्दछ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद…

Read More

काठमाण्डौ – नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् । गएराती सामाजिक सञ्जालमा उनले आफू कतार एयरवेजमार्फत् नेपाल आउन लागेको जानकारी दिएका हुन् । उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । आफू स्वदेश फर्कन लागेको जानकारी प्रहरीमा गराइसकेको पनि लामिछानेले बताएका छन् । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।

Read More

काठमाण्डौ – चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ । हिजो टीका थाप्न कै लागि हिँडेका बेला खोलाले बगाउँदा केहीको ज्यान गएको छ । यस्तै, पहिरोको जोखिम रहेकाले खेतीपाती, घाँस दाउराको काम गर्दा पनि ख्याल गर्न भनिएको छ । चिप्लो र भिरालो क्षेत्रमा घाँस दाउरा नगर्न सुझाव…

Read More

दिपक धमाला, काठमाण्डौ – तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बि.सी.ले तुर्माखाँदवासीलाई दशैँको शुभकामना दिएका छन्। अध्यक्ष बि.सी.ले बडादशैँको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता, सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गरेका हुन्। शुभकामना सन्देशमा बि.सी.ले दशैँ जस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आवद्ध गरी विविधताका बीच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भ्रातृत्व कायम गर्न सहयोग पुगेको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा उमङ्ग उत्साह र हौसला छाओस् भनी शुभकामना व्यक्त गरेका छन् ।

Read More

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवम् सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो । सन्देशमा भनिएको छ, ‘यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग…

Read More

काठमाण्डौ – देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो अति ठूलो वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविद्को आग्रह छ । यस्तै, राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै ठाउँ अत्यधिक वर्षा हुने अनुमान रहेको मौमसविद् गंगा नगरकोटीले बताउनुभयो । अस्ति बेलुका पूर्वी क्षेत्रबाट सुरु भएको पानी पर्ने क्रम मध्यपश्चिम हुँदै पश्चिमी क्षेत्रमा पुग्दै छ । आज देशैभर बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्…

Read More

काठमाण्डौ – आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजया दशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरुले आज दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् । टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । असत्यमाथि सत्य…

Read More

एजेन्सी – उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न आग्रह गरेको छ । सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । मिसाइल जापानबाट झण्डै तीन हजार किलोमिटर (१८ सय ६० माइल) प्रशान्त महासागरमा खसेको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो प्रक्षेपणको निन्दा गर्नुभएको छ । जापान सरकारले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक समेत बोलाएको छ ।

Read More

काठमाण्डौ – आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।

Read More

काठमाण्डौ –सेना र प्रहरीमा वडा दसैँको अवसरमा नवरात्रको बलि, मौलो पूजा र निशान पूजा अनिवार्य र महत्त्वपूर्ण हुन्छ । नेपालको कान्छो सुरक्षा फौज सशस्त्र प्रहरी बलले पनि स्थापनादेखि नै सैनिक र प्रहरीले गर्दै आएको निशान र मौलो पूजालाई निरन्तरता दिँदै आएको छ । नवमीको दिनमा मौलो र निशान पूजा गरिने सैनिक प्रवक्ता (सहायक रथी) नारायण सिलवालले रातोपाटीलाई बताए । निशान र मौलोको प्राचीनता र महत्त्व छुट्टै छ । सुरक्षा निकायले सप्तमीको दिन साँझ गोरखा दरबारबाट ल्याएर फूलपाती भित्र्याउँछन् । दाडिम, कदली (केरा), धान, बेसार, कच्चु, अशोक, जयन्ती, मानक र बेलसहित नवपत्रिका ल्याएर बसन्तपुरस्थित दसैँ घरमा पूजा गरेर फौजी संगठनले आ–आफ्नो मुख्यालयमा…

Read More