काठमाडौं: बाँकेमा जुवातास ह्वात्तै बढेको पाइएको छ। जिल्लाको कोहलपुर क्षेत्रमा दशैं सुरु नहुँदै जुवाखाल बढेको पाइएको हो।
अहिले सो क्षेत्रमा दैनिक एक करोडसम्म हारजित हुने जुवाखाल सञ्चालन भइरहेको बताइन्छ। त्यसमा प्रहरीले पनि सेटिङ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार कोहलपुर प्रहरीले सेटिङमा जुवाखाल चल्न दिएको हो।
स्रोतका अनुसार जुवा खेलाउनेमा उमेशजंग ठकुरी, शिशिर गिरी, चिन्तन शाह, राजु शाही, कृष्णराज बंशी लगायतले ठूला जुवा चलाउँदै आएका छन्। उनीहरुले होटल तथा भाडामा घरमा जुवा खेलाउने गरेका छन्।
जुवामा इप्रका कोहलपुरका घुमुवाहरु इन्द्रबहादुर शाही, जितेन्द्र केसी देवकोटा, मानबहादुर हमाल लगायतसँग सेटिङ रहेको स्रोत बताउँछ। उनीहरुले जुवा खेलाउनेबाट लाइन खाने गरेको बुझिएको छ।
जुवाखालमा काठमाडौंसहित सुदूरपश्चिम तथा बुटवलसम्मका पनि जुवाडेलाई बोलावट हुने गरेको छ।