Author: Dipak Dhamala

काठमाडौं- मुलुकको शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । आयात बढी र निर्यातमा कमी तथा पर्यटक आगमन बढ्न नसकेकाले शोधानान्तर स्थिति घाटामा गएको हो ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ । मुलुकमा भित्रिने मुद्राभन्दा बाहिरिने बढी भयो भने शोधनान्तर घाटा हुने गर्दछ । यसैगरी मुलुकको चालू खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६ अर्ब ८ करोडले…

Read More

काठमाण्डौ – आइएमईले ल्याएको चाडपर्व लक्षित अफरको सातौँ हप्ताको नतिजा घोषणा भएको छ ।  दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको हो । बिहीवार काठमाण्डौ पानीपोखरीमा रहेको केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । संयुक्त अरब इमिरेट्स र मलेसियाबाट आइएमईमार्फत पैसा पठाउनुहुने विजेताद्वयले २५ हजार रुपैयाँ पाउनु हुनेछ । त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु बि.के., मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर…

Read More

सन् २०२२ मा विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जन एक प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ । पछिल्ला वर्षहरुमा ऊर्जा सङ्कटको असरबारे चिन्ता व्यक्त गरिए पनि जीवाश्म इन्धन दोहनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन एक प्रतिशत मात्र बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले जनाएको छ । तेल, ग्यास र कोइला बालेर ऊर्जाका लागि उत्सर्जन हुने कार्बन डाइअक्साइड सन् २०२२ मा ३३ अर्ब ८० करोड टन पुग्ने अनुमान छ । कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्र उकास्नलाई गएको वर्ष अझ धेरै जीवाश्म इन्धनको प्रयोग भएको अनुमान गरिएको थियो । रुस–युक्रेन युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटले यस वर्ष प्राकृतिक ग्यासको मूल्यमा भएको वृद्धिका कारण कोइलाको मागमा…

Read More

काठमाडौं- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ। भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए। कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो। उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ। “बैठकमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ”, उनले भने, “निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा…

Read More

काठमाडौं- नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

Read More

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने प्रकृया अगाडि बढाएको छ । काठमाण्डौ महानगरपालिका सामाजिक विकास विभागले आज सूचना निकालेर त्यस्ता बालबालिका वा संरक्षकलाई वडा कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ । महानगरले महानगरभित्र स्थायी ठेगाना भएका आमा र बाबु दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितत गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बाबु र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट बञ्चित भइ अरूको संरक्षणमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक वृत्ति प्रदान गर्ने जनाएको छ । महानगरपालिकामा बसोबास गर्ने बाबु आमाविहीन बालबालिका वा निजको संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिले…

Read More

नेपाल बैंकर्स एसोसिएशन (एनबीए)ले कात्तिक महिनादेखि कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याउने गरी निर्णय गरेको छ । यसका लागि एसोसिएशनले बेस रेट र प्रिमियमलाई बढाएको छ । केन्द्रीय बैंकबाट ‘ग्रिन सिग्नल’ पाएपछि वाणिज्य बैंकहरूले निरन्तर ब्याजदर बढाइरहेका छन् । बैंकर र केन्द्रीय बैंकले देशको अर्थतन्त्रलाई मन्दीबाट जोगाउनकै लागि ब्याजदर बढाइरहेको बताइरहेका छन् । अमेरिकाले महँगी नियन्त्रण र आर्थिक मन्दीबाट बच्न भन्दै ब्याजदर बढाएपछि विश्वभरका देशहरूले धमाधम ब्याजदर बढाइरहेका छन् । अमेरिकाबाट सुरू भएको ब्याजदर वृद्धिको प्रभाव यूरोप र भारत हुँदै नेपालसम्म आइपुगेको छ । अमेरिकाले ब्याजदरमा भारी वृद्धि गरेसँगै यतिबेला डलरले नयाँ उचाई नै लिएको छ । यस्तै, नेपालमा पनि निक्षेपको…

Read More

काठमाण्डौ – सत्ता गठबन्धनले आजदेखि संयुक्त नेता–कार्यकर्ता भेला सुरु गर्दैछ । यसअघि सातवटै प्रदेशमा नेता–कार्यकर्ता भेला गर्ने निर्णय गरेको सत्ता गठबन्धनले आज पहिलो भेला गण्डकी र लुम्बिनीमा गर्दैछ । आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका थिए । नेकपा एकीकृत समाजवादीको समन्वयमा आज गण्डकी प्रदेशको पोखरामा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा नेता–कार्यकर्ता भेला हुँदैछ । भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । भोलि ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा…

Read More

काठमाडौं- सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियानसुरु गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज पोखरा जाँदै छन् । शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ ।कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रशिक्षण कार्यक्रम हुनेछ।  उक्त…

Read More

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि जुम्ला, मुगु, हुम्ला र डोल्पामा हवाई सेवा प्रभावित भइ आवतजावतमा कठिनाइ उत्पन्न भएको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बाढीपहिरोका कारण कर्णाली प्रदेशको कर्णाली राजमार्ग असोज २१ गतेदेखि अवरुद्ध रहनुका साथै जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित छ । यसले नागरिकलाई आवतजावतमा कठिनाइ भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत् जनाएको छ । आयोगले आवत जावतमा देखिएको समस्याका कारण दशैँ मनाउन घर गएका नागरिक गन्तव्य स्थलमा फर्किन नपाएको, परीक्षार्थी परीक्षा स्थलमा पुग्न नपाएको, आकस्मिक उपचार आवश्यक पर्ने बिरामी तथा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी समस्यामा परेको,…

Read More