Author: Dipak Dhamala

काठमाडौं- एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ । कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ । पछिल्लो समय भारतसहित विश्वभर संक्रमण दरमा कमी…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनाव–२०७९ अन्तर्गत खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उनीहरुको नाम सार्वजनिक गरेको आयोगले जनाएको छ । आयोगको शुक्रवार बसेको बैठकले महानगरपालिकाका मेयर तथा उपमेयरलाई जनही साढे ७ लाख रुपैयाँ दरले जरिबाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । खर्चको विवरण नबुझाउनेमा काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहसँगै उपमेयर सुनिता डङ्गोल, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल तथा उपमेयर चित्रसेन अधिकारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा उपमेयर शिल्पा कार्की, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा उपमेयर इस्तियाज आलम…

Read More

काठमाण्डाै – भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । हिजाे चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगञ्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नम्बरकाे रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् । बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो । करिब ५ सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वरेण्टीन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिनुभयो । …

Read More

काठमाण्डाै – कैलालीमा लागुऔषधसहित समातिएका युवक हतगडीसहित फरार भएका छन्। ईलाका प्रहरी कार्यालय सडकपुरबाट सोमबार दुई ग्राम लागुऔषधसहित पक्राउ परेका युवक फरार भएका हुन्। बर्दगोरिया गाउँपालिका-२ का २८ वर्षीय जुगराम चौधरी हतगडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। फरार रहेका चौधरीको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय सडकपुरले बताएको छ।

Read More

काठमाण्डाै – निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले  अघि बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । अस्ति आइतवार र हिजो दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए । अरु ४४ दलले हिजो दोश्रो दिन बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका थिए । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए । समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार अघि…

Read More

काठमाण्डौ – काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा ज्यान गएकाे छ ।  सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई हिजाे बेलुका बन्दुकधारी समूहले गोली हानेको थियो । टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा ज्यान गएकाे हाे । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली गोली हान्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धानका लागि खटिएकाे छ ।

Read More

काठमाडौं – न्याय परिषद्ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ । परिषद्को निर्णयअनुसार ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरिएको छ । एकभन्दा बढी न्यायाधीश रहेको जिल्लाको हकमा मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गर्ने प्रचलन छ । यस्तै परिषद्ले १७ जना जिल्ला न्यायाधीशलाई जगेडामा सिफारिस गरेको छ । यस्तै परिषद्ले न्याय सेवाका राजपत्राङ्कित…

Read More

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन । डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको डेढ साता वितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ । प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनकि गर्ने दायित्व मन्त्रिपरिषद् कार्यालयकै हो । तर सो कार्यालयले बेवास्ता गर्दा उनीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Read More

काठमाडौं – हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रही  देशका केही स्थानहरुमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति गण्डकी  र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको…

Read More

काठमाण्डाै – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएकाे घोषणा गरेका छन् । साेमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएकाे पत्रकार सम्मेलनमा बाेल्दै थापाले राजीना दिएका हुन् । उपाधि जिताउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै उनले भने, ‘मैले उपाधि जित्ने लक्ष्य पूरा गर्न सकिनँ । अहिले नै पद त्यागको घोषणा गर्छु ।’ थापाले यसै प्रतियोगिताको सुरुमा प्रशिक्षककाे जिम्मेवारी पाएका थिए । यसअघि उनले सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा पनि टाेली सेमिफाइनलमा राेकिएकाे थियाे । त्यस बेला सिलीगुडीमा भएको फाइनलमा भारत नेपाललाई हराउँदै विजेता बनेकाे थियाे । यस पटक भारतलाई सेमिफाइनलमा हराए पनि नेपाल फाइनलमा बङ्ग्लादेशसँग तीन–एकले…

Read More