काठमाडौं: संविधान दिवसको अवसरमा हिजाे (बिहीवार) दरबारमार्गमा आयोजित कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थनमा नारा लगाउने व्यक्ति ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेकाे खुलेकाे छ।
नाराबाजी गर्ने बझाङ मष्ट गाउँपालिकाका तिलक खड्कालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेकाे थियाे। उनले बालेन शाहको पक्षमा नारा लगाउँदै अरुलाई धकेलाधकेल गरेकाे र सहभागीलाई धम्क्याएकाे भन्दै प्रहरीले पक्राउ गरेको थियो।
तर, पक्राउ परेपछि उनी ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेकाे खुलेकाे परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। उनी एक वर्षअघि दरबारमार्गमै भएको एक घटनाको फरार अभियुक्त भएकाे अधिकारीले बताए।
खड्का अपराधमा संलग्न रहेको दुई वटा मुद्दा रहेकाेमा एउटा मुद्दाका लागि आज अदालत पठाउने एसपी अधिकारीले जानकारी दिए।
Facebook Comments Box