Author: Dipak Dhamala

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीबाट दुबै सदनबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्तारुढ दल रुष्ट देखिएका छन् । नेताहरुले राष्ट्रपतिबाट कानुनको पालना नभएको भन्दै आपत्ति जनाइरहेका छन् ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरे । बुधवार बिहान एक ट्वीट गर्दै नेता पौडेलले विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नभएकोमा आक्रोष पोखेका हुन् । उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको उनले बताएका छन् । उनले भनेका छन्,’बारम्बार संविधानको मर्म र भावनामा…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ३९ पैसा र बिक्री दर १२७ रुपैयाँ ९९ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ३८ पैसा र बिक्री दर १४६ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर…

Read More

काठमाडौं- अछामको तुर्माखाँद गाउँपालिकाले पहिरो पीडित परिवारलाई राहत स्वरुप पाँच लाख २५ हजार रुपैयाँ दिएको छ । गाँउपालिकाका तर्फबाट अध्यक्ष डम्बर बहादुर बिसीले पहिरो गएको ठाँउ वडा नम्बर ५ नाडाको काँडाचौर गाउँमै पुगेर नगद हस्तान्त्रण गरेका हुन् । अध्यक्ष बिसीले ३१ भदौको राति गएको पहिरोले दुई घर पूर्ण रुपमा क्षतिग्रत भएको र खाद्यान्न, अन्नबाली र स्थानीको पाखो जमिन समेत पहिरोले लगेका कारण पुरै गाउँ नै समस्यामा परेको बताएका छन् । पहिरोले कैयौं पशु चौपायहरु मर्नुका साथै केहि स्थानीयहरु घरबार बिहिन भएको र अन्य १० वटा घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाई तत्काल सुरक्षित स्थानमा बसोबासको ब्यवस्थापन गर्नुपर्ने देखिएको उल्लेख गर्दै अध्यक्ष…

Read More

काठमाडौं- आज दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। #वर्षा

Read More

काठमाडौं- मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ ।  हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । शीर्ष नेताहरुबीच एक दुई दिनभित्रै सिट बाँडफाँट टुङ्ग्याउने समझदारी भएको खनालको भनाइ छ । #गठबन्धन

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेर संविधानलाई नै चुनौती दिएकी छन् । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगेपनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो । सो अघि राष्ट्रपति भण्डारीले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट थिइन् ।  मंगलबार रातिसम्म…

Read More

काठमाण्डाै – धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। महानगरपालिका २ पुरानो भन्सार रोड बस्ने पुरन औजीका १८ वर्षीय छोरा करन औजीलाई प्रहरीले पक्राउ गरेको हो। ४६ पिस स्पास ट्यावलेटसहीत उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Read More

मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायका अनुसार प्रशान्त महासागरको तट मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। शक्तिशाली भूकम्पका कारण हजारौँ मानिस घर बाहिर निस्किएका अलजजिराले जनाएको छ । कम्तीमा एक जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । मेक्सिको सहरका मेयर क्लाउडिया शेनबाउमले भूकम्पपछि राजधानीमा क्षतिको तत्काल कुनै रिपोर्ट आएको छैन । उद्धारको काम थालिएको छ । सन् १९८५ र २०१७ मा ठूला भूकम्प गएकैदिन फेरि भूकम्पले मेक्सिको सहर हल्लाएको छ । सन् २०१७ को सेप्टेम्बर १९ मा गएको भूकम्पमा ३ सय ५० जनाभन्दा धेरैले ज्यान गुमाएका…

Read More

काठमाण्डौ  – म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने  १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । चलाएको बताए। गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ । रिपोट अनुसार सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा…

Read More

काठमाण्डौ – काठमाण्डौ उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ। दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने हुन्छ । यस्ता विवरण राख्न सबैलाई अनुरोध गरेको काठमाण्डौका प्रवक्ता मैनालीले बताउनुभयो। प्रहरीले आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ । घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलाे छिमेकी वा नजिकको…

Read More