Author: Dipak Dhamala

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ०३ पैसा र बिक्री दर १२७ रुपैयाँ ६३ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री…

Read More

स्वेच्छा राउत,धनगढी तस्बिरको क्याप्शन,प्रागराज जोशी भारतमा चौकीदारी गरे बापत हातमा पर्ने पैसाले प्रागराज जोशीको घर चलेको छ। बीस हजार मासिक तलबबाट पुग नपुग पाँच हजार रुपैयाँ मात्र आफू खर्च गर्छन्। बाँकी कैलालीको भजनी नगरपालिका वडा नं ४ स्थित घरमा रहेकी श्रीमतीको नाममा पठाउँछन्। त्यही पैसाले घरको चुल्हो बल्छ। केही समय अघिसम्म त छोराछोरीलाई पढाउन समेत पुग्थ्यो। अहिले महँगी बढेको छ। छोराछोरीको पढाइको खर्च पनि बढेको छ। त्यसैले पत्रकारितामा स्नातक तह गरिरहेकी छोरी र सिभिल इन्जिनियरिङ गरिरहेको छोरालाई पढाउन चौकीदार बुवाको तलबले पुग्दैन। छोराछोरी कक्षा चढेसँगै जोशीको ऋण पनि चढ्दै गएको छ। “उधारो गरेरै भए पनि पढाउनु त पर्‍यो, नत्र उसलाई…

Read More

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बैतडीका चार बिक्री केन्द्रमा दशैँअघि चामल नल्याउने भएको छ। बैतडी सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँपालिकाको कुलाउका लागि आउने चार हजार पाँच सय क्विन्टल चामल नआउने भएको हो। चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा टेन्डर नपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्दिरा बस्नेतले जानकारी दिइन्। उनले भनीन्, “बैतडीको गोठालापानी बिक्री केन्द्रका लागि पाँच सय क्विन्टल, मेलौली बिक्री केन्द्रका लागि एक हजार क्विन्टल, कुलाउ बिक्री केन्द्रका लागि दुई हजार क्विन्टल र पुरचौडी नगरपालिकाको हाट बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल धनगढी गोदाममा रहेको छ। ढुवानीको टेन्डर…

Read More

काठमाण्डाै – विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान बजेट अभावमा रोकिएको छ । वाग्मती प्रदेशको वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यसवर्ष पनि रोकिने भएको हो। संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले तीन वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यालयका अनुसार प्रदेश सरकारले २०७४/०७५ मा पाँच लाख तथा त्यसपछिको आर्थिक वर्षमा दुई लाख रुपैयाँ पठाएको थियो। वाग्मती प्रदेश सरकारबाट तीन वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको कार्यालयका सूचना अधिकारी गौरव…

Read More

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गर्नुभएको छ । ‘नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस…

Read More

काठमाडौं- दिवंगत बेलायतकी महारानी एलिजावेथको आज (साेमबार) एक विशेष समारोहकाबीच अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेल्जियमका राजा फिलिप लगाएत राजपरिवारका अन्य सदस्यहरु, अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्न र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुने भएका छन् । यसैगरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, बगलादेशका प्रधानमन्त्री शेख हसिना पनि अन्त्येष्टि समारोहका लागि बेलायत पुगेका छन् । साथै नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुग्नुभएको छ । अन्त्येष्टि समारोहमा शाही परिवारका सदस्य तथा विश्वभरका नेताहरूको उपस्थिति रहने भएकाे छ…

Read More

काठमाडौं- देशभर आज (साेमबार) ८ औं संविधान दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा साेमबार देशभर यो दिवस मनाइएकाे हाे । उक्त संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो । नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भईसकेका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाले पहिलो कार्यकाल पूरा गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचन हुने तयारी सुरु भईसकेको छ। यस बीचमा संविधानका केही बुँदाहरु संशोधन गरिएको छ । तर नागरिकता विधेयकलगायत केही मुलभूत विषयहरुमा भने दलहरुबीच सहमति नहुँदा अन्याेलको अवस्थामा पनि रहेको छ…

Read More

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछुत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गर्नुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले देशको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेसको…

Read More

काठमाण्डाै – प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची आज बुझाउँदैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले आज सूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ । निर्वाचन आयोगले बन्दसूची बुझाउन हिजो र आजको कार्यतालिका बनाएकोमा पहिलो दिन हिजो साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि हिजो सूची बुझाउन सकेनन् । बन्दसूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने हुनेछैन । आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६…

Read More

काठमाण्डाै – साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल काठमाण्डौमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटाैँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो । साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटाैँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् । आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको…

Read More