Author: Dipak Dhamala

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ । विगत डेढ सातामा नै हजारभन्दा बढी कर्मचारी र ३ हजार प्रहरी सरुवा गरिएको छ । सरकारले निर्वाचनमा आफू अनुकूलका कर्मचारी आफ्नो अनुकूलका ठाउँमा पठाउने उद्देश्यले मापदण्डबिना अस्वाभाविक रूपमा कर्मचारीको सरुवा गरेको आरोप छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार मात्रै अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको थियो । सो मन्त्रालयले गरेको सरुवामा अत्यधिक विकृति देखिएको मन्त्रालयका कर्मचारीको गुनासो छ । ‘यसैबीचमा प्रहरी प्रधान कार्यालयले पनि १९ भदौमा २ हजार ८ सय ८४ कर्मचारीको सरुवा गरेको छ ।…

Read More

काठमाडौं- जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ। खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको मोटाइभन्दा पचासौँ गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले जलन तथा सुजन बढाउने अध्ययनको निष्कर्ष छ। यस्ता विषाक्त कणहरू डिजेल प्रयोगबाट निस्कने धुवाँ, टायर तथा सडक धुलोबाट निस्कन्छन् । अध्ययनमा बेलायत, दक्षिण कोरिया र ताइवानका पाँच लाख मानिस सहभागी थिए । अध्ययनका क्रममा कहिल्यै चुरोट सेवन नगरेका बिरामीको ‘इजिएफआर’ नामक वंशाणु (जिन) मा देखिएको…

Read More

काठमाडौं-  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ हित हल्का खि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि देशभर आंशिक खि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Read More

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ । सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले…

Read More

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह १२:३० बजे सिंहदरबारमा बस्नेछ ।  आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने कार्यसूची छ । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।  जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

Read More

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरुको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन्। मन्त्री खाँणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितहरुको तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका हुन्। मन्त्रालयले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न हेलिकोप्टर परिचालन गरेको छ। मन्त्री खाँणको निर्देशनपछि घटनास्थलमा घाइते र प्रभावितहरुको उद्धार र खोजी कार्यका लागि हेलिकप्टर परिचालन गरिएको र घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार रहेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका सहसचिव प्रदीप कोइरालाले जानकारी दिए। शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा…

Read More

काठमाडौं- पछिल्ला वर्षहरुमा जटिल गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्ष २०७८–७९ मा डडेल्धुरामा २६ जनाले जटिल गर्भपतन गराएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्क छ। आर्थिक वर्ष २०७७–७८ मा जटिल गर्भपतन गराउनेको सङ्ख्या १८ थियो। शुक्रबार डडेल्धुरामा आइपास नेपाल र सामुदायिक विकास मञ्च (सीडएफ) नेपालले आयोजना गरेको ‘स्थानीय सञ्चारकर्मीसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल’ स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक भवानीसिंह कुँवरले एक वर्ष अन्तरमा ८ जनाले सङ्ख्या वृद्धि भएको बताए। डडेल्धुरामा गत आर्थिक वर्षमा १ हजार १५१ जनाले औषधिको प्रयोग गरी सुरक्षित गर्भपतन गराएका थिए। जबरजस्ती करणी, हाडनाता, विकलाङ्ग बच्चा जन्मिने सम्भावना लगायतका समस्या भएमा २८ हप्तासम्मको गर्भपतन…

Read More

काठमाडौं-  डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका १ बडाखेतस्थित सडकमा मोटरसाइकल दुर्घटना भएको हो।  सोही ठाउँ बस्ने ३४ वर्षीय भुपेन्द्र मल्लले चलाएको सुपप्र ०१०११ प ३५४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं- कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका १० भुडा कानीखल्लाबाट करिब ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका ७ बस्ने राजेन्द्र धानुक र सोही नगरपालिका ८ बस्ने सन्तोष महरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। बागमती प्रदेश ०२०२९ प ०९४६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भुडा र बिओपि भुडाबाट खटिएको संयुक्त गस्ती टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारीरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

काठमाडौं- दार्चुलामा बाढी प्रभावित क्षेत्रमा विद्युत र सञ्चार अवरुद्व भएको छ। दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्र विद्युत र सञ्चारबाट अलग भएको हो। बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ। बाढीले विद्युत र सञ्चार अवरुद्व रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। अहिलेसम्म ५ जनाको शव फेला परेको छ। ३ जना महिला र २ पुरुष गरी ५ जनाको शव फेला परेको बताइएको उनले बताए। उद्धार र खोजी कार्य जारी रहेको उपाध्यायले बताए।

Read More