काठमाडौं- दार्चुलामा बाढी प्रभावित क्षेत्रमा विद्युत र सञ्चार अवरुद्व भएको छ। दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्र विद्युत र सञ्चारबाट अलग भएको हो।
बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ। बाढीले विद्युत र सञ्चार अवरुद्व रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
अहिलेसम्म ५ जनाको शव फेला परेको छ। ३ जना महिला र २ पुरुष गरी ५ जनाको शव फेला परेको बताइएको उनले बताए। उद्धार र खोजी कार्य जारी रहेको उपाध्यायले बताए।
Facebook Comments Box