धनगढी: बझाङमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अधिवेशन सम्पन्न भएको छ। बझाङको १३ औं जिल्ला अधिवेशनबाट आज सम्पन्न भएको हो।
अधिवेशनबाट रुपक धामीको नेतृत्वमा ३७ सदस्यीय कमिटी निर्वाचित भएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोजराज राईले जानकारी दिए।
उनका अनुसार उपाध्यक्षमा लक्ष्मण गिरि र अन्जना बोहरा सचिवमा दिलिप अधिकारी, सहसचिवमा महेश जेठारा, आशिष खड्का, सानू थापा र राजेश कार्की चयन भएका छन् भने कोषाध्यक्षमा सुरेश जोशी चयन भएका छन्।
Facebook Comments Box