काठमाडौं: नेपाल प्रहरीको विशेष कल्याणकारी कोषबाट प्रवाह हुँदै आएको नगद ऋणका लागि अनलाइन आवेदन खुला गरिएको छ। आजबाट अनलाइन आवेदन दिने व्यवस्था गरिएको प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्की जानकारी दिए। उनका अनुसार देशभर अनलाइन आवेदन खुला गरिएको हो।
प्रहरी कर्मचारीले कोषबाट चार लाख रुपैयाँ ऋण पाउने गरेका छन्।
ऋण लिन इच्छुक प्रहरी कर्मचारीले अनलाइन दरखास्त दिन सक्नेछन्।
Facebook Comments Box