Author: Dipak Dhamala

काठमाडौं- काठमाडौं महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ। पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा गरेको हो। कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौंमल पुगेको थियो। मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थाल्नुभएको छ। ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो। महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संरचना भत्काउन पुगेका थियो। कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना…

Read More

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।  सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ ।  गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन । बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने बताउँदै आएका छन् । 

Read More

काठमाडौं- नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।  एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ ।   निर्वाचन मिति नजिकिएसँगै एमालेले आफ्ना गतिविधि पनि निर्वाचन लक्षित बनाउँदै लगेको छ । सहकार्यमा आउन चाहेका साना दलहरूसँग मिल्दै निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्ने रणनीति एमालेले लिएको छ । 

Read More

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् । सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र पारेको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकी छन् । छलफलका क्रममा सेनाका पूर्वजर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए । सरकारले प्रतिनिधिसभा…

Read More

काठमाडौं- हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि  हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मध्यम वर्षाको सम्भावना रहेको प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ४० पैसा र बिक्री दर १२८ रुपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ४७ पैसा र बिक्री दर १२७ रुपैयाँ ०७ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ०८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६६ पैसा र बिक्री दर…

Read More

काठमाडौं – साउन ७ गते नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी सरिता गिरीले आज सो पार्टी छाडेकी छिन् । साउन ७ गते एक कार्यक्रमको बीच नेपाल सद्भावना पार्टीको सदस्यता लिएकी उनले आज फेसबुकमार्फत आफूले सो पार्टी छाडेको र आजदेखि स्वतन्त्र भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु । नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ । कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो ।’ ‘प्रदीप गिरिले देहान्तअघि उहाँले मलाई टाउकोमा हात राखी ‘तिमीलाई शुभकामना छ’…

Read More

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ। आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेस गर्नुपर्ने आयोगद्वारा आज जारी सूचनामा उल्लेख छ।   आयोगका अनुसार निर्वाचन सम्बन्धी कसुर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था अथवा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेस…

Read More

काठमाडौं- नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि काठमाडौंमा बस्दै छ । त्यसका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइसकेको छ । सचिवस्तरीय बैठकको तयारी स्वरुप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ । बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ बैठकमा राख्ने तयारी गरेको एक अधिकारीले जानकारी दिए । ६८३ मेगावाट क्षमताको सुनकोशी–३ अर्धजलाशययुक्त आयोजना हो । बंगलादेश पावर डेभलममेन्ट बोर्डका प्रतिनिधिहरुसहित २२ तारिखमा काठमाडौं आइपुगेको बंगलादेशको टोलीले मंगलबार सुनकोशी–३ जलविद्युत आयोजनाको प्रस्तावित निर्माण स्थलको स्थलगत अनुगमन गरेको थियो ।

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् ।  ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याउँदा राष्ट्रघात भयाे भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ ।  भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने -‘आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था यो विधेयकमा छ । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ । यसप्रति सम्पूर्ण नागरिक सचेत हुन आवश्यक छ । ‘राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ने दुस्साहसलाई नेपाली जनताले असफल पार्ने प्रचण्डको दाबी छ । 

Read More