काठमाडौं- नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि काठमाडौंमा बस्दै छ । त्यसका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइसकेको छ ।
सचिवस्तरीय बैठकको तयारी स्वरुप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ ।
बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ बैठकमा राख्ने तयारी गरेको एक अधिकारीले जानकारी दिए ।
६८३ मेगावाट क्षमताको सुनकोशी–३ अर्धजलाशययुक्त आयोजना हो । बंगलादेश पावर डेभलममेन्ट बोर्डका प्रतिनिधिहरुसहित २२ तारिखमा काठमाडौं आइपुगेको बंगलादेशको टोलीले मंगलबार सुनकोशी–३ जलविद्युत आयोजनाको प्रस्तावित निर्माण स्थलको स्थलगत अनुगमन गरेको थियो ।
Facebook Comments Box