धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी गणेश चन्दले ट्राफिक प्रहरीलाई राति अबेरसम्म सडकमै बस्न निर्देशन दिएका छन्।
हालैमात्र सरुवा भई आएका डीआईजी चन्दले राति मदिरा सेवनले अत्यधिक सवारी दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन्।
डीआईजी चन्दले राति १० बजेसम्म सडकमै रहेर ड्युटी गर्न निर्देशन दिएपछि सोही बमोजिम कार्यान्वयन गर्न भनिएको छ। डीआईजी चन्दको निर्देशनअनुसार अब ट्राफिक प्रहरीले राति १० बजेसम्म सडकमै रहेर निगरानी गर्नेछ।
पछिल्लो समय ट्राफिकले राति ड्युटी गर्न छोडेको थियो भने जनपद भने ड्युटीमै रहन्थ्यो। डीआईजीको निर्देशनले राति हुने सवारी दुर्घटना भने न्यूनीकरण हुने विश्वास लिइएको छ।
डीआईजी चन्दको यो पहलले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र सडक सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।