Author: Dipak Dhamala

काठमाण्डाै – पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ । तोकिएको दिनभित्र त्यस्ता संरचना निर्माण कर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानुनबमोजिम गरिने वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । “फुटपाथ पसल, सडक छेउका पार्किङस्थल र सार्वजनिक जग्गा मासेर बनाइएका संरचना क्रमशः हटाउँदै जान्छौँ”, उनले भने, “अनधिकृत तरिकारले बनेका सरकारी संरचना पनि अब हट्छन्, यो अभियान निरन्तर चल्छ…

Read More

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने सम्भावना छ । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ भने त्यसअघि उहाँ भक्तपुर दरबार स्क्वायर अवलोकनका लागि निस्कँदै हुनुहुन्छ । उहाँ बस्नु भएको काठमाण्डौको रविभवनमा रहेको सोल्टी होटलदेखि भक्तपुर दरबार स्वायरसम्म पुग्ने रुटमा बिहान ९ बजेदेखि नै गाडीको आवागमन प्रभावित हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन प्रभावित हुनेछ । उहाँ फर्कने समयमा पनि यी रुटमा गाडीको…

Read More

काठमाडौं- महाकाली नदीमा पानीको बहाव नघट्दा दार्जुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा बेपत्ताको खोजी कार्यमा समस्या आएको छ। बाढीपहिरोका कारण ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले महाकालीको पानीको बहाव नघट्दा खोजी कार्यमा समस्या भएको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा खटिएका छन्।

Read More

काठमाडौं- नेपालमा डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार डेंगु विरुद्धको उपचार र औषधि छैन ।तर, डेंगु संक्रमणका कारण ज्वरो आएकाहरुले नियन्त्रणका लागि सिटामोल प्रयोग गर्दै आएका छन् ।  डेंगु संक्रमितले ज्वरो आउन कम नहुन्जेल चिकित्सकको सल्लाहमा लगातार सातादेखि दश दिनसम्म सिटामोल प्रयोग गर्नुपर्छ । यस्तै, परिवारको एक जना सदस्यमा डेंगु देखिएपछि लक्षण नदेखिएका अन्य सदस्यहरुले परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएमा पनि चिकित्सकको सल्लाहमा सिटामोल प्रयोग गर्ने बढेकाले बजारमा सिटामोलमा अभाव देखिएको हो । उता औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बजारमा डेंगुको कारण सिटामोलको माग एक्कासी बढेकाले केही ठाउँमा उपलब्ध नभएको स्वीकारे । महानिर्देशक भट्टराईले…

Read More

काठमाडौं- जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।

Read More

काठमाडौं- च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ । समूह ‘सी’ अन्तर्गत गएराति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो । ५० औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ५४ औँ मिनेटमा सानेले गोल गर्दा  बायर्न २-० ले अघि रह्यो । लगातार दोस्रो जित निकालेको बायर्न  ६ अंक जोडेर शीर्ष स्थानमा छ ।  पहिलो हार बेहोरेको बार्सिलोना  ३ अंक जोडेर दोस्रो स्थानमा छ ।समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया…

Read More

काठमाडौं- मोरङ निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा जुटेकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् । चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैँचाका मतदातासँग भेटघाट गरिन । उनले मोरङ-३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरु सँग समस्याहरूबारे जानकारी लिइन । घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिद विक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्नेलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन ।

Read More

बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइनमाथि छलफल भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इन्जिनियरहरूले बुटवलका जनप्रतिनिधिसँग छलफल गरेका हुन् ।  बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग मंगलबार बेलुका पुलको आर्किटेक डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका हुन् ।  चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरुसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ । डिजाइनअनुसार पुल निर्माणको प्रक्रिया अघि बढाउनका लागि बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणका लागि उपमहानगरको तर्फबाट सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताका बारेमा जानकारी गराइएको बुटवल उपमहानगरपालिकाका…

Read More

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले गर्ने एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटाले जानकारी दिए । सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, अर्थमन्त्रालय, श्रम मन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ ।सम्मेलनमा गैरआवासीय नेपाली संघको आन्तरिक तथा नियमित मुद्दामा छलफल हुने आयोजकले जनाएको छ । गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता,  नेपालमा…

Read More

काठमाडौं- राहदानी विभागमा रहेको राहदानी संग्रहालयु मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ। कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २० गते (सन् १९३४ अप्रिल २) जारी गरिएको उक्त राहदानी उनका छोराद्वय ८७ वर्षीय ध्रुवप्रसाद रिमाल र ७६ वर्षीय बालप्रसाद रिमालले मंगलबार राहदानी विभाग पुगेर महानिर्देशक सुरेन्द्रकुमार यादवलाई हस्तान्तरण गरेका हुन्। उक्त राहदानी हाल राहदानी संग्रहालयमा संग्रहित सबैभन्दा पुरानो भएको विभागका महानिर्देशक यादवले जानकारी दिए। सन् २०१९ मा स्थापना भएको संग्रहालयमा नेपाल तथा अन्य विभिन्न मलुकबाट जारी भएका पुराना राहदानी सम्भव भएसम्म संकलन गरी राखिएको छ। उपाध्यायका नाममा दसौं कूटनीतिक राहदानी जारी…

Read More