Author: Dipak Dhamala

काठमाडौं- धनगढीस्थित मोहना नदीमा एक पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित मोहना नदीको किनारमा एक जनाको शव फेला परेको हो।  हाल नाम, थर, वतन, नखुलेका पुरुषको शव सडेगलेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

काठमाडौं- सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताए । कार्कीले भने, ‘हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।’ एकीकृत समाजवादी र जसपाले माओवादी र काँग्रेसले दम्भ देखाएको आरोप लगाउँदै…

Read More

काठमाडौं- नेपाल प्रहरीले  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने प्रहरीले जानकारी दिएको हो । म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ । जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ । खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् ।…

Read More

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले भने, ‘दुर्घटनामा पाँच जना घाइते भएका छन् ।‘ ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले भने, ‘दुर्घटनामा पाँच जना घाइते भएका छन् ।‘

Read More

काठमाडौं- चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनसम्ममा ४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । सर्वसाधारणमा बीमाप्रति बढेको आकर्षण, कम्पनीहरूको सेवा विस्तार र नयाँ योजनाका कारण पहुँच बढेको बीमा समितिले जानकारी दिएको छ। समितिले प्रकाशित गरेको तथ्यांकअनुसार २०७९ साउन मसान्तसम्ममा कुल जनसङ्ख्याको ४१ दशमलव १५ प्रतिशत बीमाको दायरामा समेटिएको छ । २०७८ साउनको तुलनामा बीमाको पहुँच १३ दशमलव ६४ प्रतिशत बिन्दुले वृद्धि भएको हो। २०७८ साउनसम्ममा बीमाको पहुँच २७ दशमलव ५१ प्रतिशत जनतामा थियो। समितिले बीमा कम्पनीहरूले जारी गरेका म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहितको तथ्याङ्कका आधारमा बीमा पहुँचको अवस्था सार्वजनिक गरेको हो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ…

Read More

काठमाडौं- नेपाल प्रहरीले  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ ।  म्यादी प्रहरी छनोटमा  स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा…

Read More

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  र बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सोमबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई…

Read More

काठमाडौं- मुलुकको पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गरेको तीन वर्ष बिते पनि कम्पनीले अहिलेसम्म कुनै काम अगाडि बढाउन सकेको छैन।  कम्पनीलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने न नियमावली अहिलेसम्म बनाइएको छ न कार्यविधि नै।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहनेगरी नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड नामको कम्पनी २०६६ साउनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले आफ्नै निर्माण कम्पनी सञ्चालन गर्ने घोषणा गरेको थियो। एक जना कार्यकारी अधिकृतबाहेक कम्पनीमा अरू कुनै प्राविधिक कर्मचारी नियुक्त हुन सकेका छैनन्। मुलुकको पूर्वाधार निर्माण तथा परामर्शदाताको काम गर्ने उद्देश्यसहित स्थापना गरिएको सो कम्पनीमा…

Read More

काठमाडौं- संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता ‘राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका’लाई लिएर घोचपेचमा उत्रेका छन्। राष्ट्रपति भण्डारी ‘विधेयक स्वीकृत गर्ने कि नगर्ने ?’ भन्ने अन्योलमा छिन् । यद्यपि, संवैधानिक बाध्यता भने यथावत् रहेको बताइन्छ । ‘विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने वा के गर्ने ?’ भन्नेबारे राष्ट्रपति आन्तरिक छलफलमा रहेकै बेला दुई कम्युनिस्ट पार्टी अध्यक्षद्वय सार्वजनिक रूपमै घोचपेचमा उत्रेका हुन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतसहित संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रपतिले  पुनर्विचार गर्न दिएको सुझाव…

Read More

काठमाडौं- सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ। प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने देखिएको छ। स्थानीय तह निर्वाचन, २०७९ मा ६ अर्ब ७८ करोड रुपैयाँ सुरक्षामा खर्च भएको गृह मन्त्रालयको तथ्यांक छ। नेपाली सेनासमेत निर्वाचनमा परिचालन भए पनि उसको खर्च यसमा जोडिएको छैन । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गृह मन्त्रालयले ६ करोड ८६ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ। त्यस्तै जिल्लास्थित जिल्ला प्रशासन कार्यालयबाट ३ करोड ३२ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ। इलाका…

Read More