Author: Dipak Dhamala

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङको अध्यक्षतामा भएको सो बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको  २० औं महाधिवेशन  अक्टोबर १६ मा  बेइजिङमा  आयोजना गर्ने प्रस्ताव गरेको छ । बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ केन्द्रीय समितिको सातौं पूर्ण बैठक अक्टोबर ९ तारिख बेइजिङमा आयोजना गर्ने निर्णय गरेको छ।  सम्पूर्ण पार्टी…

Read More

काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकबाट निःशुल्क रूपमा आईपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको छ । 

Read More

काठमाडौं- आन्तरिक राजस्व कार्यालयले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने एक जनालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालयमै बसेर कर चुक्ताको नक्कली प्रमाणपत्रको कारोबार गर्दै अवस्थामा पक्राउ गरिएको सो कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा विराटनगरका लक्ष्मण कुमार पण्डित छन् । पण्डितले मोरङको ग्रामथान गाउँपालिका–७ मा रहेको पाथीभारा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको पाइएको छ । पण्डितले आर्थिक वर्ष २०७८÷०७९ को ग्रिल उद्योगको कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएका थिए । उनले त्यसबापत कति रकम लिए भन्ने खुलिसकेको छैन । पक्राउ परेका पण्डितलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सूर्य प्रसाद पोखरेलले जानकारी…

Read More

 काठमाडौं- रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ । अर्की छोरी भने घाइते भएकी छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी हुन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै थिइन् । पानी परेपछि उनीहरु रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे…

Read More

काठमाडौं- काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् । तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो ।  पछिल्लो केही समयदेखि ट्राफिक प्रहरीले विद्यार्थी लक्षित सवारी साधन जाँच अभियान चलाउँदै…

Read More

काठमाडौं- पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि खेल जिताउन सकेनन् । बलिङमा सन्दीप लामिछाने र वरिस अहमदले २–२ तथा करण केसी, आदिल आलम र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र…

Read More

काठमाडौं- लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा कस्तो नतिजा ल्याउला ? धेरैलाई चासो छ । योभन्दा बढी चासो छ रवि आफैं कहाँबाट लड्लान् र हार्लान् कि जित्लान् ? पार्टी गठनलगत्तै देश दौडाहा सुरु गरेका रविले देशका सातैवटा प्रदेशमा भेला आयोजना गरेर आफ्नो नाडी आफैंले छामिसकेका छन् । अहिलेको लहरलाई हेर्दा समानुपातिकतर्फ राम्रो नतिजा ल्याउन सक्ने उनको आत्मविश्लेषण छ । प्रत्यक्षतर्फ भने उनी स्वयमले धेरै आशा राखेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय दल बन्नका लागि समानुपातिकमा कम्तीमा ३ प्रतिशत मतका साथै प्रत्यक्षमा कम्तिमा एक सिट अनिवार्य जित्नुपर्छ । समानुपातिकमा ३ प्रतिशत वा सोभन्दा बढी भोट आएर…

Read More

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडी चार्जबापत शुल्क तोकिएभन्दा बढी  लिन नपाइने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कतिपय निजी क्षत्रेका चार्जिङ स्टेसनले तोकिएको भन्दा बढी महसुल दिएर गाडी चार्ज गराइरहेको पाइएको बताएका छन् । सोमबार रत्नपार्कमा आयोजित कार्यक्रममा घिसिङले खुर्कोट लगायतका क्षेत्रमा स्थापना भएको चार्जिङ स्टेसनले तोकिएको भन्दा बढी महसुल लिएको भन्दै त्यसलाई नियन्त्रण गर्ने दिए । ‘प्रतियुनिट १५ रुपैयाँसम्म लिएको सुनियो,’ उनले भने,’हामीले उपलब्ध गराएको बिजुलीको प्रतियुनिट दरमा थप २० प्रतिशत सेवा शुल्क जोडेर मात्रै शुल्क लिन पाइन्छ ।’ उनले बढी चार्जिङ शुल्क नपाइने र त्यसलाई प्राधिकरणले हेर्ने बताए । अहिले सार्वजनिक चार्जिङ स्टेसनहरुले सिजन र…

Read More

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन् । मंगलवार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् । तीजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन् । दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीहरूले हर्षोल्लासका साथ तीज मनाएका छन् ।मंगलबार पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ…

Read More

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागी अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई १ सय ८० वटा गाडी किन्न सहमति दिएको छ । पिकअप (डबल क्याप) गाडी खरिदका लागी अर्थ मन्त्रालयले ७५ करोड बजेट स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । प्रहरीले ठुला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले एउटै स्वरूपको पिकअप ७५ करोडबाट नबढ्ने गरी खरिद गर्न बजेट सुनिश्चित गरेको छ । मन्त्रिपरिषद्ले मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ । अर्थ मन्त्रालयले प्रति गाडी ५० लाखभन्दा नबढ्ने गरी खरिद गर्न…

Read More