Author: Dipak Dhamala

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग  जोडिएको अडिओबारे निर्णय लिन बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो । समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन् ।

Read More

काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को काज सरुवा गरेको छ । प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ । मिरा चौधरी एआईजीमा बढुवा भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व रिक्त थियो ।  डिआइजी रामदत्त जोशीलाई विशेष ब्युरोमा सरुवा गरिएको छ । जोशी प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा कार्यरत थिए । विशेष ब्युरोमा यसअघि सुदिप गिरी थिए । गिरी एआईजीमा बढुवा भएका छन् ।

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।  विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । बुधबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

Read More

काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ।   जीप सवार पाँच जना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।​ झुलाघाटबाट…

Read More

काठमाडौँ – सुदूरपश्चिमको कथा समेटिएको नेपाली टेली शृङ्खला जुनेली अगामी बैशाख १७ गतेबाट प्रसारण हुने भएको छ। ग्यालेक्सी फोरके मार्फत प्रसारण गरिने उक्त टेली शृङ्खला सुदूरपश्चिमकका दर्पण शर्माद्वारा निर्देशन गरिएको हो। नेपाली टेली शृङ्खला जुनेली सुदूरपश्चिमको सामाजिक विकृतिका रुपमा रहेका विभिन्न प्रथाहरुलाई समेटेर बनाइएको निर्देशक शर्माले बताएका छन्। दिनेश शंकर निर्माता रहेको उक्त शृङ्खलाको सम्पादकमा राज कार्की रहेका छन्। यस शृङ्खलामा हिउवाला गौतम, रामबाबु रेग्मी, घन्नु जोशी, सन्तोष गिरि, पवित्रा साँकी, सुज्यान सिलवाल, बिष्णु सापकोटा(हर्केहल्दार), प्रेम खतिवडा लगायतका कलाकारहरु रहेका छन्। जुनेली दुई वर्षदेखिको योजना रहेको र अब दर्शक माझ आउन केही समय बाकी रहेको निर्देशक शर्माले बताएका छन्।

Read More

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्  । लिगको आठौं चरण अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एकएक खेल हुनेछ । दुवै खेल दिउँसो २ बजबोट शुरु हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

Read More

अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल शहरको एउटा बैंकका कर्मचारीले सहकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ । लुइसभिल शहरमा रहेको ‘वल्ड नेशनल बैंक’मा कर्मचारीले चलाएको गोली लागी मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेर समुहका रहेका छन् । घटनामा ९ जना घाइते भएका छन् । गोली प्रहार गर्ने व्यक्ति सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गोली प्रहार गर्ने व्यक्तिका श्रीमती पनि सोही बैंकका कर्मचारी रहेको र गोलीकाण्डका बीच उनले भने सेफ्टी भल्टमा लुकेर ज्यान जोगाएको बताईएको छ । गोली प्रहार गर्ने व्यक्ति २३ बर्षको रहेको र उनले घटनामा राइफल प्रयोग गरेको पाइएको छ ।…

Read More

काठमाडौँ – आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्दैछ। रास्वपाले मंगलबार बिहान ११ बजेका लागिअनुशासन आयोगको बैठक बोलाएको हो। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ। रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन्। स्पष्टीकरणमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको दाबी गरेका छन् । अडियो सार्वजनिक भएलगत्तै आइतबार उनले एक विज्ञप्तिमार्फत आफूमाथिषड्यन्त्र भएको बताएका थिए। उनले यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए । पार्टीले भने छानबिनको निर्णय गर्दै उनलाई निलम्बन गरिसकेको छ। श्रेष्ठ…

Read More

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ । यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ । नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ ।

Read More

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लाेरलाई हराउँदै एक विकेटको रोमाञ्चक जित निकालेको छ । चार खेलमा तीन जितका साथ लखनउ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । एक सय २३ रनमा तीन विकेट गुमाएको लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ६५ रन र निकोलस पुरनले ६२ रन बनाए । रोयल च्यालेन्जर्स बेङ्लाेरका मोहम्मद शिराज र वेन पार्नेलले समान ३/३ विकेट लिए । हर्षल पटेलले २ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ…

Read More