काठमाडौँ – सुदूरपश्चिमको कथा समेटिएको नेपाली टेली शृङ्खला जुनेली अगामी बैशाख १७ गतेबाट प्रसारण हुने भएको छ। ग्यालेक्सी फोरके मार्फत प्रसारण गरिने उक्त टेली शृङ्खला सुदूरपश्चिमकका दर्पण शर्माद्वारा निर्देशन गरिएको हो। नेपाली टेली शृङ्खला जुनेली सुदूरपश्चिमको सामाजिक विकृतिका रुपमा रहेका विभिन्न प्रथाहरुलाई समेटेर बनाइएको निर्देशक शर्माले बताएका छन्।
दिनेश शंकर निर्माता रहेको उक्त शृङ्खलाको सम्पादकमा राज कार्की रहेका छन्। यस शृङ्खलामा हिउवाला गौतम, रामबाबु रेग्मी, घन्नु जोशी, सन्तोष गिरि, पवित्रा साँकी, सुज्यान सिलवाल, बिष्णु सापकोटा(हर्केहल्दार), प्रेम खतिवडा लगायतका कलाकारहरु रहेका छन्। जुनेली दुई वर्षदेखिको योजना रहेको र अब दर्शक माझ आउन केही समय बाकी रहेको निर्देशक शर्माले बताएका छन्।
Facebook Comments Box