Author: Dipak Dhamala

काठमाण्डाै –  नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो ।   सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।

Read More

काठमाडौं- अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ। भदौ २६ गते बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। भाद्र पन्चमीको दिनबाट सुरु हुने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रुपमा मनाइने गरिन्छ। 

Read More

काठमाडौं-  गणतन्त्रवादी नेता स्वर्गीय रामराजाप्रसाद सिंहको १० औं स्मृति सभा मनाइँदै छ । रामराजाप्रसाद सिंह प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंको लैनचौर बैंक्वेटमा स्मृतिसभा मनाउन लागिएको हो । प्रतिष्ठानका अध्यक्ष डा. मनोज कुमार सिंहका अनुसार सोमबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रममा चियापान र खानाको व्यवस्था छ । ०६९ भदौ २७ गते ७७ वर्षको उम्मेदवार सिंहको निधन भएको थियो ।

Read More

काठमाडौं- अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा आइतबार निधन भएको उनको प्रकाशक अल्फागुआराले जनाएको छ । एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको “योर फेस टुमोरो“ ट्रायलजी सहित १६ पुस्तकहरू लेखेका थिए। उनको मृत्युमा स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्चेजले गहिरो दुःख व्यक्त गरेका छन् ।  प्रधानमन्त्री सान्चेजले ट्वीट गर्दै भनेका छन्, ‘स्पेनिश अक्षरहरूका लागि दुखद दिन। जेभियर मारियासले हामीलाई छोडे । उनी हाम्रो समयका महान लेखकमध्ये एक थिए ।’ अल्फागुआराको वेबसाइटका अनुसार उनका पुस्तकहरू ५६ देशमा प्रकाशित भइसकेका छन् । उनका पुस्तक ४६ विभिन्न भाषाहरूमा करिब ९० लाख प्रति बिक्री भएका छन्।

Read More

काठमाडौं- बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्रसँग एम्बुलेन्स छ। जिल्लाको केदारस्युँ गाउँपालिकामा पर्ने रायल प्राथमिक स्वास्थ्य केन्द्रलाई सुदूरपश्चिम प्रदेश सरकारले एम्बुलेन्स हस्तान्तरण गरेको थियो।  भण्डै तीन वर्ष अगाडि प्रदेश सरकारले उपलब्ध गराएको उक्त एम्बुलेन्सकै कारण गाउँपालिकाले भने हैरानी खेप्नुपरेको छ। प्रदेश सरकारले दिएकाे एम्बुलेन्स पटक–पटक बिग्रने हुँदा मर्मत गर्नमै पालिकालाई हैरानी भएको हो।  गाउँबाट बिरामी बोक्दा एम्बुलेन्स बाटोमै बिग्रने गरेको छ। पछिल्लोपटक पनि उक्त एम्बुलेन्स बिग्रेको छ। एम्बुलेन्स बिग्रेको दुई साता भन्दा बढी नै समय पुगेको बताइएको छ। यस्तै गाउँपालिकाको कार्यालयले भने मर्मत गर्नका लागि प्रयास भइरहेको दाबी गरेको छ।  तर, आवश्यक पार्टस् पुर्जा पाउन भने मुस्किल हुने गरेको केदारस्युँ गाउँपालिकाका…

Read More

काठमाडौं- सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन्। जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ। उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेङ्गुका बिरामी देखापरेको छ। यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेङ्गु देखापरेको छ। “पहाडी क्षेत्रमा पहिला डेङ्गु, मलेरियालगायतका लामखुट्टेले सार्ने रोग देखिने गरेका थिएनन्” सम्पर्क…

Read More

काठमाडौं- प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल समाप्त हुन अब केही दिनमात्रै बाँकी छ । २०७४ सालको मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेश १ प्रदेशसभा गठन भए पनि यसले औपचारिकता भने माघ ७ गते शपथ ग्रहणपछि पायो । प्रदेश १ का संस्थापक प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओम सरावगीलाई शपथ गराएका थिए । त्यसपछि सरावगीले अन्य सांसदलाई पद तथा गोपनीयताको सपथ दिलाए । प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २२ गते भयो । उक्त बैठकमा ज्येष्ठताको आधारमा उनै सरावगीले सभामुखको भूमिका निर्वाह गरेका थिए । प्रदेशसभाको पहिलो बैठकले संसद नियमावली निर्माण गर्दै सभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको थियो । सोही…

Read More

काठमाडौं- सत्तारुढ पाँच दलीय  गठबन्धनका  शीर्ष  नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार  गर्न  शीर्ष  नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ  खनालका अनुसार सिट  बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने छ ।कार्यदलले धेरै कुरा मिलिसकेको र मिल्न  बाँकी कुरामा आज छलफलबाट टुङ्गोमा पुग्ने गठबन्धनका शीर्ष नेताको तयारी छ ।

Read More

काठमाडौं- नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सोधखोज सुरु गरेको छ। कामपाका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ। कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, रत्नराज्य, नेपाल ल, सरस्वती, नेपाल कमर्स क्याम्पस, वीर अस्पताल, दशरथ रंगशालालाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सोको जरिवानासहित रकम बुझाउन पत्राचार गर्दै अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न…

Read More

काठमाडौं-  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.१६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.९७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२४…

Read More